विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

हुम्ला । कर्णालीमा राष्ट्रिय विद्युत् प्रशारण लाइनको बिस्तार नभएपनि त्यहाँका स्थानीय नदीबाट नै कर्णालीका जनता र देशभर विद्युत् आपूर्ति गर्न सक्ने सम्भावना रहेको छ । स्थानीयस्तरमा विद्युत्लाई उत्पादन गर्न सकिएमा कर्णाली जलविद्युत्का लागि आत्मनिर्भर हुने सम्भावना रहेको छ । कर्णालीका तीन नदीबाट साढे चौध हजार मोगावाट विद्युत् उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसंघको तथ्यांकअनुसार कर्णालीका ठूला नदी भेरी, बबई र कर्णाली नदीबाट साढे १४ हजार विद्युत् उत्पादन हुने ‘नेपालको जलविद्युत् सम्बन्धी विस्तृत अध्ययन’ मा उल्लेख छ ।
भेरी नदीबाट चार हजार ६ सय ५.६१, बबई सारदाबाट १ सय ६२.४३ र कर्णाली नदीबाट ९ हजार ७ सय ९६.२७ मेगावाट विद्युत् उत्पादन गर्न सकिने तथ्यांकमा उल्लेख गरिएको छ । कर्णालीका ठूला नदी भेरी, बबई सारदा र कर्णाली नदीबाट विद्युत् निकाल्न सकिने हामीले अध्यनका क्रममा पाएको जलस्रोत विज्ञ डा. हरिमान श्रेष्ठले बताए । “फिल्डमा आएर यो प्रतिवेदन तयार पारिएको थियो, यो अध्ययन पूर्ण नहुनपनि सक्छ” श्रेष्ठले बताए ।
विद्युत् उत्पादन क्षेत्रका विषयमा अध्यनगर्ने टोली साना नदीको अध्ययनन गरेको ठूला नदी आधारमा रहेर विद्युत् उत्पादन क्षमताका विषयमा अध्ययन गरिएको डा. श्रेष्ठले बताए । “साना नदी र लघु जलविद्युत् आयोजनाका विषय यो प्रतिवेदनमा समेटिएको छैन ।” उनले भने, “सबै समेटियो भने अझैँ बढी उत्पादन क्षमता रहेको हुनसक्छ ।”
कर्णालीमा जलविद्युत्को सम्भावना धेरै भएको, त्यसका लागि लगानीको आवश्यकता रहेकोको श्रेष्ठले बताए । “अहिले कर्णालीमा जलविद्युत्मा लगानीको कमी रहेको छ ।” उनले भने, “संम्भावना देखायो भने भोलि सबैले लगानी गर्न तयार हुन्छन् ।” कर्णालीमा विद्युत् उत्पादनको क्षमता धेरै भएपनि अहिले कर्णालीका केही जलविद्युत् आयोजनाको काम अगाडि बढेको छ तर यो प्रयाप्त र सन्तोषजनक रुपमा अगाडी नबढेको प्रति स्थानीयको चिन्ता रहेको छ । लगानीकर्ताको खोजी गरी यसको उपयोग गर्न सकिएमा राष्ट्रलाई नै धान्ने जलविद्युत् कर्णालीका नदीले दिन सक्छन् तर राज्यलाई यसको कुनै चासो र चिन्ता नरहेको अवस्था छ ।

उज्यालो कार्यक्रमका लागि बोलपत्र आह्वान
कर्णाली प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’ दुई वटा आयोजनाको बोलपत्र आह्वान गरेको छ । रूकुम पश्चिमको सिम्रतु र कालिकोटको दुर्सी खोला लघुजलविद्युत् आयोजनाका लागि बोलपत्रको आह्वान गरेको छ । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बोलपत्रको आह्वान गरेको छ ।
सिम्रतु लघु जलविद्युत् आयोजनाबाट रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–२ का १८ गाँउका आठ सय ६३ घरपरिवार र कालिकोटको दुर्सी खोलाबाट पलाँता गाउँपालिका ७ का १३ गाँउका एक हजार एक सय ५० घरधुरीलाई विद्युत्को पहुँचमा पुग्नेछ ।
रुकुम पश्चिमको सिम्रतु खोला लघु जलविद्युत् आयोजना दुई सय किलोवाट क्षमताको हो भने कालिकोटको दुर्सीखोला लघु जलविद्युत् आयोजना १ सय किलोवाट क्षमताको रहेको छ । कर्णाली उज्यालो कार्यक्रम अन्र्तगत यी दुई आयोजनाको काम अगाडि बढाउनका लागि बोलपत्रको आह्वान गरिएको कर्णाली प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवत्ता केशव उपाध्यायले बताए । “कर्णाली उज्यालो कार्यक्रमका लागि बोलपत्र आह्वान गरिएको छ ।”
उनले भने, “यी दुई आयोजना प्राराम्भिक चरणमा छनौट गरिएका छन् ।”
प्रदेश सरकारले कर्णाली उज्यालो कार्यक्रमका लागि अन्य आयोजनाको कामलाई अगाडि बढाउनका लागि प्रारम्भिक अध्ययन सुरु गरेको प्रवक्ता उपाध्यायले बताए । “कार्यक्रमलाई दु्रत ढंगले अगाडि बढाएका छौं ।” उनले भने,“यसका लागि आयोजनाको अध्ययन भइरहेको छ ।” यी दुई आयोजनाको लागत रकमका विषयमा भने अहिले बोलपत्र आह्वानमा गएका कारणले लागत विषयमा जानकारी दिन नमिल्ने मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले जनाएको छ । सरकारले आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रममा नै ५० करोड ९ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit