विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८२ ब‌ैशाख ८, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

नेपालको विद्युत् उत्पादनको जडित क्षमता हाल ३ हजार ५ सय  पुगिसकेको नेपाल विद्युत् प्राधिकरणको पछिल्लो तथ्याङ्कले देखाएको छ । यस मध्ये करिब सबैजसाे हिस्सा नवीकरणीय (जल, सौर्य र वायु) स्रोतबाट प्राप्त हुने ऊर्जाको छ । यद्यपि, हिउँद याममा नदीहरूमा पानीको बहाव घट्दा नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको उत्पादन एकचौथाई भन्दा पनि कममा सीमित हुने गरेको छ । यो प्राकृतिक चक्र तथा यसमा परेको जलवायु परिवर्तनको असरका कारण हामीले हाम्रो नवीकरणीय स्रोतको ऊर्जा उत्पादनमा सन्तुलन ल्याउन प्रभावकारी योजनाको आवश्यकतालाई बोध गराएको अवस्था छ । जलाशय आयाेजनाकाे विकासले सन्तुलित ऊर्जा उपलब्ध हुन सक्छ तर त्यसमा लागत र समय निकै बढी लाग्ने देखिन्छ ।

त्यसो हुँदा नेपालले आफूसँग उपलब्ध प्राकृतिक सम्पदा र ऊर्जा क्षमताको उच्चतम तथा प्रभावकारी उपयोग गर्दै छाेटाे समयभित्रै थप दिगो र भरपर्दो ऊर्जा प्रणालीको विकास गर्नु आवश्यक छ । यसले दीगाे ऊर्जाकाे भविष्यलाई पनि डाेहाेर्‍याउँछ । यसका लागि सम्भावनासमेत प्रशस्त छ ।

सौर्य ऊर्जाको सम्भावना

नेपालको भौगोलिक अवस्थाले गर्दा वर्षमा औसत ३ सय दिन दिन सूर्यको किरण प्रभावकारी रूपमा प्राप्त हुन्छ । एक अनुसन्धानको निष्कर्षलाई आधार मान्ने हो भने नेपालमा सौर्य परियोजना बनाउन सम्भाव्य जमिनको केवल ०.५ प्रतिशत मात्र प्रयोग गरियो भने पनि ४ लाख २९ हजार ३ सय ६२ मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिने सम्भावना छ ।

प्राथमिकताका साथ सौर्य ऊर्जाको विकास र विस्तार सुरु गरेको करिब ९ वर्षमा हाल नेपालले करिब १ सय ६ मेगावाट मात्रै उत्पादन सुरु गरेको छ । यद्यपि, यही अवधिमा कूल १ हजार १ सय ८९ मेगावाटका विभिन्न सौर्य आयोजना निर्माणका लागि विभिन्न चरणमा पुगिसकेका छन् ।

चुनौती

  • रातको समय र मौसममा बदली भएको समयमा उत्पादन न्यून हुने : सौर्य ऊर्जा प्रणालीहरू सूर्यको प्रकाशमा आधारित हुन्छन् । त्यसैले, राती वा बादल लागेको दिन ऊर्जा उत्पादन निकै घट्छ । यसले सौर्य ऊर्जालाई निरन्तर र स्थिर स्रोतको रूपमा प्रयोग गर्न केही चुनौती देखिएको छ । यद्यपि, नयाँ प्रविधिहरूको विकाससँगै सूर्यको सिधै प्रसार सौर्य प्यानलले नपाए पनि बादल लागेकै बेला पनि पर्याप्त उज्यालो प्राप्त भयो भने उत्पादनमा निकै सुधार आउने आवश्था विकास हुन थालेको छ ।
  • उच्च प्रारम्भिक लागत : सौर्य ऊर्जा प्रणालीहरूको स्थापना सुरुमा महँगो पर्न सक्छ । सौर्य प्लान्ट स्थापनाका लागि आवश्यक जग्गाको खरिद, सौर्य प्यानलहरू, इन्भर्टर, ब्याट्रीहरू, र अन्य आवश्यक उपकरणको खरिदमा सुरुमा निकै लगानीको आवश्यकता पर्दछ । यद्यपि, दीर्घकालीन रूपमा यो लगानीले निकै ठूलो लाभ पुर्‍याउन सक्छ । अर्कोतर्फ, प्रविधिको विकाससँगै पछिल्लो समय सौर्य ऊर्जा स्थापनाका लागि आवश्यक उपकरणको मूल्य सस्तिँदै गएको पनि देखिन्छ । यसले आगामी दिनमा सौर्य ऊर्जा उत्पादनलाई सहज र कम लागतको बनाउन सक्छ । 
  • भण्डारणको आवश्यकता : सौर्य ऊर्जाको प्रमुख चुनौती भनेको यसको भण्डारण हो । घाम नलागेका बेला वा मौसममा परिवर्तन हुँदाका समयमा प्रयोग गर्नका लागि उत्पादित सौर्य विद्युत्लाई भण्डारण गरेर राख्नुपर्ने हुन्छ । यसका लागि उच्च गुणस्तरीय ब्याट्री प्रणालीहरूको आवश्यकता पर्छ, जसको लागत र मर्मतसम्भार चुनौतीपूर्ण देखिन्छ ।  ब्याट्रीको सीमित क्षमता र यसको आयुले भण्डारणको समस्यालाई अझ जटिल बनाउने देखिन्छ ।

समाधान

  • एकीकृत ऊर्जा उत्पादन : नेपालको जलविद्युत् आयोजनाले प्रयोग गरेका भूमि तथा निर्माण गरेका जलाशयमाथि सौर्य प्यानल जडान गरेर दोहोरो ऊर्जा उत्पादनको सम्भावना खोल्न सक्छौँ । यसले जलविद्युत् र सौर्य ऊर्जाको संयुक्त प्रयोगमार्फत देशभरि निरन्तर र दिगो विद्युत् आपूर्ति सुनिश्चित गर्न मद्दत पुर्‍याउने छ । यो संयोजनले हाम्रो प्राकृतिक स्रोतहरूको अधिकतम उपयोग गर्ने र हाम्रो ऊर्जा सुरक्षा सुदृढ गर्ने अवसर प्रदान गर्दछ ।
  • प्रोत्साहन कार्यक्रम : सौर्य ऊर्जा उत्पादनका लागि प्रोत्साहन गर्न घरधुरी र साना तथा मझौला उद्योगहरूलाई ब्याट्री खरिदमा ५० प्रतिशतसम्म कर छूट दिने योजना लागू गर्न सकिन्छ । यसो गर्दा प्रत्येक नेपालीको हातमा स्वच्छ, सस्तो र दिगो ऊर्जा पुर्‍याउन सकिन्छ । यसले सौर्य ऊर्जाको प्रयोगलाई विस्तार गर्दै नागरिकमा ऊर्जा स्वतन्त्रताको प्रत्याभूति  र आर्थिक बचत गर्ने अवसर प्राप्त हुने छ । जसले दीर्घकालीन आर्थिक लाभ सुनिश्चित गर्नेछ ।
  • क्षेत्रीय विद्युत् व्यापार विस्तार : भारतको ग्रिडसँग जोडिएको हाम्रो ऊर्जा प्रणालीले दक्षिण एसियाली बजारमा विद्युत् निर्यातको नयाँ सम्भावनाहरू खोल्ने छ । यसबाट नेपालको ऊर्जा स्रोतहरूको अधिकतम उपयोग गर्दै, अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने र क्षेत्रीय सहयोगलाई मजबुत बनाउने अवसर प्राप्त हुनेछ । यस्तो प्रकारको ऊर्जा व्यापारले समग्र दक्षिण एसियामा दिगो र सस्तो ऊर्जा आपूर्ति सुनिश्चित गर्न मद्दत पुर्‍याउने छ ।

सफलता कथा

  • हुम्ला जिल्लाको सौर्य माइक्रो ग्रिड : नेपालको सुदूरपश्चिममा अस्थित हुम्ला जिल्ला लामो समयदेखि ऊर्जा सङ्कटसँग जुध्दै थियो तर अहिले यहाँको सौर्य माइक्रो ग्रिडले धेरै स्थानीय घरपरिवार, विद्यालय, स्वास्थ्य संस्थालगायतलाई स्वच्छ र सस्तो बिजुली उपलब्ध गराउँदै जनजीवनमा ठूलो परिवर्तन ल्याएको छ । यस परियोजनाले स्थानीय मानिसको जीवनमा महत्त्वपूर्ण सुधार ल्याएको छ र स्थानीय अर्थतन्त्रलाई बलियो बनाएको छ ।
  • त्रिवि शिक्षण अस्पतालको सौर्य प्रणाली : काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालको आफ्नो छतमा सौर्य प्रणालीको स्थापना गरिएको छ । यो प्रणालीले अस्पतालको विद्युत् खपत र खर्च कम गर्न मद्दत गरेको छ । यसले अस्पतालको दैनिक सञ्चालनमा सहयोग पुर्‍याउनुका साथै वातावरण संरक्षणमा पनि योगदान दिएको छ । यस्ता ऊर्जा प्रणालीहरूले स्वास्थ्य संस्थाहरूलाई दिगो र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न सहयोग गर्छ ।

यसरी, हुम्लादेखि काठमाडौँ जस्तो सहरी क्षेत्रसम्म, सौर्य ऊर्जाले दुवै स्थानमा ठूलो फाइदा पुर्‍याउन सक्छ । सौर्य माइक्रो ग्रिड जस्ता परियोजनाले ग्रामीण क्षेत्रका समुदायलाई स्वच्छ, सस्तो र दिगो ऊर्जा उपलब्ध गराउँछ । जसले जीवनस्तरमा सुधार ल्याउने मात्र होइन, स्थानीय अर्थतन्त्रलाई पनि बलियो बनाउँछ । त्यस्तै, त्रिवि शिक्षण अस्पताल जस्ता ठूला सहरी क्षेत्रका संस्थाहरूले  सौर्य प्रणालीमार्फत आफ्नो ऊर्जा खपत र खर्च घटाउन सक्छन् । यसले वातावरण संरक्षणमा पनि योगदान पुर्‍याउँछ । 

यसबाट स्पष्ट हुन्छ– सौर्य ऊर्जाले ग्रामीण, सहरी वा विकट भौगोलिक अवस्थिति भएका स्थानको समेत ऊर्जा आवश्यकता पूरा गर्न  सक्षम छ । यसले नेपालमा दिगो तथा भरपर्दो नवीकरणीय ऊर्जाको नयाँ युग निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । 

यो नेपालको समृद्धिको नयाँ आधार बन्न सक्छ । यसले दिगो रोजगारीको अवसर सिर्जना गर्दै, वातावरण संरक्षण र ऊर्जाको नयाँ यात्रा अघि बढाउन सक्छ । हरेक घरमा स्वच्छ ऊर्जा उपलब्ध गराउँदै प्रत्येक नेपालीको जीवनमा उज्यालो ल्याउन सक्छ । यसलाई ‘सौर्य क्रान्ति'कै रूपमा अघि बढाउने योजनाको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३