विद्युत अपडेट

  • प्राधिकरण : ८१६० मे.वा.घन्टा
  • सहायक कम्पनी : ५३५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७४८२ मे.वा.घन्टा
  • आयात : १०६७२ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३११० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४७८३ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१०८ मे.वा.
२०८२ ब‌ैशाख ३१, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मोरङ जिल्लाको बुढीगंगा गाँउपालिका–७ मा निर्माणाधीन ८ मेगावाटको सोलार १०.४२ किलोमिटर लामो ३३ केभीको प्रसारण लाइन निर्माण गर्ने भएको छ । ग्लोबल इनर्जी एण्ड कन्सट्रक्सन प्रालिले निर्माण गरिरहेको उक्त आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न कम्पनीले उक्त लाइन निर्माण गर्ने भएको हो । यसका लागि कम्पनीले विद्युत् विकास विभागमा अनुमति पत्रका लागि आवेदन दिएको  जनाएको छ ।  

विभागका अनुसार सिंगल सर्किटमा निर्माण गरिने प्रसारण लाइन आयोजनाको स्विचयार्डदेखि सुनसरी जिल्लाको दुहबी नगरपालिका–३ मा रहेको नेपाल विद्युत् प्राधिकरणको दुहबी सबस्टेसनसम्म प्रसारण लाइन निर्माण गरिने छ । प्रसारण लाइनअन्तर्गत १३ मिटर उचाइका २२१ वटा स्टिल टुबुलर पोलहरू रहने र दुई पोलबीचको दूरी औषत ५० मिटर रहने जनाइएको छ । 

निर्माण सुरु गरेको ७ महिनाभित्र निर्माण सक्ने लक्ष्य लिइएको यस प्रसारण लाइनबाट ८ मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने छ । उक्त प्रसारण लाइन निर्माण गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने देखिएमा ३५ दिनभित्र लिखित रायसुझाव पेश सरोकारवाला सबैमा आह्वान गर्दै विभागले सूचना जारी गरेको हो ।  

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३