विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन २२० केभी खिम्ती–ढल्केबर प्रसारण लाइनको दोस्रो सर्किट तान्ने काम पूरा भएको छ । तार तान्ने काम २ महिना अगाडि सकिए पनि सञ्चार र अर्थिङको सेवा समेत प्रवाह हुने गरी सोमबार (पुस २० गते) ओपिजिडब्लू (जसले सञ्चार र अर्थिङको काम गर्छ) को निर्माण सकिएको छ ।

लाइनको काम पूरा भए पनि चार्ज भने गरिएको छैन । चार्ज गर्नका लागि न्यू खिम्तीमा बन्दै गरेको १३२/२२० केभीको सबस्टेसन तयार हुनुपर्छ । उता उक्त प्रसारण लाइनको पहिलो सर्किट (तार) को काम करिब ४ वर्ष अगाडि नै सकिएको थियो । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत् प्रवाहमा मुख्य भूमिका रहेको प्रसारण लाइन सकिएसँग आयोजनाको विद्युत् जोड्न सहज हुने भएको छ ।

तामाकोसीको विद्युत् ओसार्न गोंगरदेखि न्यू खिम्तीसम्म २२० केभी प्रसारण लाइन निर्माण गरिएको छ । तामाकोसीबाट विद्युत् उत्पादन हुँदासम्म न्यू खिम्तीमा निर्माणाधीन सबस्टेसन पूरा नभए पनि यही दोस्रो सर्किट (तार) मार्फत बिजुली ढल्केबर पुर्याउन सकिने नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

‘न्यू खिम्तीमा सबस्टेसन तयार भएन भने हामीले तामाकोसीको बिजुली २२० केभी पहिलो सर्किटबाट ढल्केबर पुर्याउन सक्छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘ढल्केबरबाट पूर्व–पश्चिम पठाउन वा पुनः खिम्ती–लामोसाँघु १३२ केभी लाइन हुँदै काठमाडौं पनि ल्याउन सक्छौं ।’

नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती विद्युत्गृहदेखि लामोसाँघु हुँदै काठमाडौं बिजुली ल्याउन १३२ केभी लाइन निर्माण भएको छ । यही लाइन प्रयोग गरेर तामाकोसीको केही बिजुली आवश्यकता अनुसार काठमाडौं ल्याउन सकिने शाक्यको भनाइ छ ।

न्यू खिम्तीको सबस्टेसन पूरा नभए पनि तामाकोसीको बिजुली गोंगर–न्यू खिम्ती २२० केभी लाइनबाट खिम्ती–ढल्केबर २२० केभीमा जोडेर ‘टावर टु टावर’ ढल्केबर पुर्याउन सकिने प्रसारण निर्देशनालयका प्रमुख दीर्घायूकुमार श्रेष्ठले बताए ।

माथिल्लो तामाकोसीले गोंगरदेखि न्यू खिम्तीसम्म २२० केभी लाइन निर्माण गरिसकेको छ । न्यू खिम्तीमा निर्माणाधीन सबस्टेसनको काम पनि अन्तिम चरणमा रहेको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । ‘फागुनसम्म २२० केभी सबस्टेसनको काम सकिन्छ, १३२ केभीको काम सकिन बैशाखसम्म लाग्न सक्छ,’ उनले भने, ‘तामाकोसीबाट बिजुली उत्पादन हुँदासम्म सबस्टेसन २२० केभीमा चार्ज गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३