विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडले आफ्नो १११ मेगावाटको विद्युत उत्पादन जोडिने प्रसारण लाइन निर्माण गर्ने ठेकेदार मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रा.लि. सँगको ठेक्का सम्झौता ताेडेकाे छ । कम्पनीले ठेकेदारको कमजोर कार्यसम्पादनका कारण प्रसारण लाइनको निर्माण कार्यले गति लिन नसकेपछि सम्झौता रद्द गरेको हो ।

ठेकेदारको कमजोर कार्यसम्पादनका कारण लाइनको निर्माण सुस्त गतिमा अघि बढेकोले सम्झौता रद्द गरेको आयोजना प्रमुख सत्यराम ज्याख्वाले बताए । ‘सन्तोषजनक काम नभएपछि ठेक्का रद्द गरिएको हो’, उनले ऊर्जा खबरसँग भने । ‘विविध कारण पटकपटक म्याद थप गर्दा पनि तोकिएको समयमा कार्य सम्पन्न हुने कुनै ठोस आधार नदेखिएपछि सम्झौता तोडिएको हो ।’

‘ठेकेदारलाई आवश्यक टावर निर्माण गर्न र तार ल्याउनलाई लिखित एवं मौखिक जानकारी गराई एक महिनाको अल्टिमेटम दिँदा पनि वेवास्ता गरेपछि ठेक्का तोडिएको छ’ उनले थपे । यस अवधिमा १० किलोमिटर लामो लाइनको ३२ मध्ये २७ वटा टावरको जग खन्ने काम पूरा भएको छ ।

जगसँगै टावर र तारको काम पनि गर्नुपर्छ, तर ठेकेदारले यसमा सन्तोषजनक काम नगरेको कम्पनीले जनाएको छ । ठेकेदारले ६ करोड रुपैयाँ खर्च गरेर २७ वटा जग खनेको छ । ठेकेदारसँग २३ करोड रुपैयाँ लागतमा लाइन सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

कम्पनीले लाइनको बाँकी काम पूरा गर्न साउन २२ गते पुनः ठेक्का आह्वान गरेको छ । प्रस्ताव आह्वान गरेको एक महिनाभित्र इच्छुकले आवेदन दिन सक्नेछन् । प्राप्त बोलपत्र मुल्याङ्कन गरेर ६ महिनाभित्र काम पूरा गर्ने योजना रहेको पनि ज्याख्वालले बताए ।

यसैबीच जलविद्युत आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ । हालसम्म करिब ८९ प्रतिशत निर्माण पूरा भएको आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल सबै क्षेत्रको काम भइरहेको छ ।

सिभिलको काम ९० प्रतिशतभन्दा बढी पूरा भएको छ । उपकरण जडानको काम भने सुस्त गतिमा अघि बढेको छ । आयोजना स्थल पुग्ने पहुँच मार्गमा २ साता अघि आएको बाढीले सडक बन्द भए पनि आवश्यक सामान पुर्याउन नसक्दा गति लिन नसकेको पनि ज्याख्वालले बताए ।

आयोजनाको सबै काम पूरा गरेर २०७९ चैतभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजना सम्पन्न गर्न ब्याजबाहेक १७ अर्ब १ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit