विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काडमाडौं । विद्युत नियमन आयोगले ९.४ मेगावाटको आँधिखोला जलविद्युत केन्द्रको विद्युत खरिद सम्झौता (पिपिए) दर निर्धारण गर्न चैत १० गते (शुक्रबार) सार्वजनिक सुनुवाई गर्ने भएको छ । बुटवल पावर कम्पनी (बिपिसी) अन्तर्गत सञ्चालित ९.४ मेगावाटको आँधिखोला जलविद्युत केन्द्रबाट उत्पादन भई स्थानीय क्षेत्रमा वितरित भइरहेको विद्युतको महसुल दर निर्धारण गर्न सार्वजनिक सुनुवाई गर्ने तयारी गरेकाे हाे । 

आयोगले आँधीखोलाको विद्युत महसुल समायोजन गर्न गरिएको प्रस्ताव उपर सम्बन्धित सरोकारवाला समक्ष मौखिम एवं लिखित राय, सुझाव तथा प्रतिक्रिया चैत ९ गतेभित्र पठाउन आग्रह समेत गरेको छ । साथै, सार्वजनिक सुनुवाई कार्यक्रममा विद्युतका ग्राहस्थ उपभोक्ता, उद्योगी व्यवसायी, सर्वसाधारण उपभोक्ताका प्रतिनिधिमुलक संस्था, सम्बन्धित स्थानीय तह, सञ्चार माध्यम तथा सम्पूर्ण सरोकारवालालाई सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीताका लागि अनुरोध गरेको छ ।

बिपिसीले थ्री फेज मझौला भोल्टेज (३३/११ केभी) मा डिमाण्ड शुल्क प्रति केभिए १० हजार रुपैयाँ तथा विद्युत महसुल दर बैशाखदेखि मंसिरसम्म प्रतियुनिट १६.३६ रुपैयाँ र पुसदेखि चैतसम्म प्रतियुनिट १७.३६ रुपैयाँ पुर्याउन प्रस्ताव गरेको छ ।

तल्लो भोल्टेज स्तर (२३०/४०० भोल्ट) का औद्योगिक समूहतर्फ ग्रामीण तथा घरेलु ग्राहकको प्रतियुनिट विद्युत महसुल दर ११.११ रुपैयाँ पुर्याउन प्रस्ताव गरेको छ । यो श्रेणीका ग्राहका लागि यसअघि प्रतियुनिट ५.१५ रुपैयाँ महसुल लिँदै आएकोमा समय सापेक्ष त्यसलाई बढाउन प्रस्ताव गरिएको हो । यो श्रेणीका ग्राहकले यसअघि प्रति केभिए ४० रुपैयाँ डिमाण्ड शुल्क तिर्दै आएकोमा त्यसलाई बढाएर ६० रुपैयाँ पुर्याउन प्रस्ताव गरेको छ ।

यस्तै, साना उद्योगका ग्राहकलाई डिमाण्ड शुल्क ७० रुपैयाँबाट बढाएर ११० रुपैयाँ, विद्युत महसुल प्रतियुनिट ६.४० रुपैयाँबाट बढाएर १३.८१ रुपैयाँ पुर्याउन प्रस्ताव गरिएको छ । व्यापारिक वर्गका ग्राहकको हकमा प्रतियुनिट ७.४० रुपैयाँ रहेको विद्युत महसुल दर १५.९७ रुपैयाँ बढाउन तथा डिमाण्ड शुल्क पनि २१५ रुपैयाँबाट बढाएर ३२५ रुपैयाँ पुर्याउन प्रस्ताव गरिएको छ । गैरव्यापारिक ग्राहकको हकमा विद्युत महसुल प्रतियुनिट १७.०५ रुपैयाँ तथा डिमाण्ड शुल्क २१५ रुपैयाँ पुर्याउन आयोगमा प्रस्ताव परेको छ । 

यस्तै, सिँचाइतर्फ प्रतियुनिट ३.६० रुपैयाँ लिँदै आएकोमा अब यसलाई बढाई ७.७७ रुपैयाँ पुर्याउन प्रस्ताव गरिएको छ । सामूदायिक खानेपानीका ग्राहकको हकमा प्रतियुनिट ७.३४ रुपैयाँ पुर्याउनु पर्ने बिपिसीको प्रस्ताव छ ।

अन्य खानेपानीका ग्राहकको हकमा अहिले प्रतियुनिट ४.८० रुपैयाँ लिँदै आएकोमा त्यसलाई बढाएर १०.३६ रुपैयाँ कायम गर्न प्रस्ताव गरिएको छ । यसबाहेक पनि यातायात (चार्जिङ स्टेसन समेत), मन्दिर, सडक बत्ती, मिटर जडान भएको/जडान नभएको, अस्थायी कनेक्सन, गैर ग्रहास्थ, मनोरञ्जन व्यवसाय, टाइम अफ डे (टिओडी मिटर) मा पनि विभिन्न श्रेणीका ग्राहकको विद्युत महसुल दर बढाएर समायोजन गर्न आयोग समक्ष प्रस्ताव गरेको छ ।

आयोगले शुक्रबार दिउँसो १२ देखि अपरान्ह ३ बजेसम्म सार्वजनिक सुनुवाई कार्यत्रम आयोजना गर्ने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit