विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मकाठमाडौं-मर्स्याङ्दी  २२० केभी डबल सर्किट प्रसारण लाइनमा स्थानीयले गरेको अवरोध हट्न नसक्दा निर्माण अझै सुचारु हुन सकेकाे छैन । लामो समयदेखि स्थानीयले प्रसारण लाइनकाे रुट सार्नुपर्नु माग राख्दै गरेको अवरोध हट्न नसक्दा प्रसारण लाइनकाे निर्माण सुचारु हुन नसकेकाे हाे ।

स्थानीयसँगकाे बार्ता सहमति नजिक पुगे पनि फेरि नयाँ माग थपेपछि अन्तिम चरणमा पुगेकाे प्रसारण लाइनकाे काम लामाे समयदेखि अवरद्ध छ । धादिङको सिद्धलेक गाउँपालिकाका स्थानीयले प्रसारण लाइनकाे २ वटा टावर खडा गर्ने काम रोकेकाे आयोजना प्रमुख ताराप्रसाद प्रधानले बताए । उनका अनुसार स्थानीयले अनावश्यक माग राख्दै टावर ठड्याउन दिएका छैनन् ।

यसअघि स्थानीय जनप्रतिनिधिसँगको छलफल तथा परामर्शपछि सिद्धलेक गाउँपालिका ७ मा सडक पूर्वाधार निर्माण गरिदिने प्रतिवद्धता जनाएपछि लाइनको निर्माण सुचारु गर्ने सम्बन्धमा सहमति भए पनि टावर ठड्याउन भने नदिएको प्रधानले बताए । ‘अहिले पनि स्थानीय जनप्रतिनिधिसँग छलफल भइरहेको छ’, उनले ऊर्जा खबरसँग भने, ‘कात्तिकभित्र अवरोध हटाएर मंसिर पहिलो सातादेखि बाँकी काम सुरु गर्ने योजना छ ।’

सिद्धलेक गाउँपालिकामा प्रसारण लाइनको २ वटा जग तयार गरी टावर ठड्याउन बाँकी छ । करिब २ किलोमिटर तार तान्न बाँकी छ । अब कुनै अवरोध नहुने हो भने २ देखि ३ महिनामा  प्रसारण लाइनको बाँकी काम सम्पन्न गरी सञ्चालन गर्न सकिने प्रधानले बताए ।

प्रसारण लाइन निर्माणको काम रोकिएपछि स्थानीय अवरोध हटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सह–सचिवको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि दिएको लिखित सुझावका आधारमा प्राधिकरणले सडक पूर्वाधार निर्माण गरिदिने भएपनि अवरोध भने हटेको छैन् ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत मर्स्याङ्दी बेसिनका जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न तनहुँको मार्कीचोकदेखि काठमाडौंको मातातीर्थसम्म ८२ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।

यो प्रसारण लाइनमा २ सय ३१ वटा टावर बन्ने छन् । जसमध्ये २ सय २९ वटा टावर खडा भइसकेका छन् । २०७३ भदौबाट निर्माण सुरु भएको प्रसारण लाइन स्थानीय अवरोधकै कारण लक्ष्यभन्दा दुई वर्ष ढिलो भइसकेको छ ।

२०७६ असोजबाट प्रसारण लाइन सञ्चालन गर्ने तालिका भए पनि विविध कारणले काम प्रभावित हुँदा ढिलो हुन पुगेको प्राधिकरणले जनाएको छ । यो प्रसारण लाइन पूरा भई सञ्चालनमा आएपछि १ हजार मेगावाट विद्युत प्रवाह गर्ने संरचना तयार हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit