विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दुहबी ग्रिड सबस्टेसनबाट हुने विद्युत आपूर्ति बन्द गरेको छ । प्राधिकरण दुहबी ग्रिड शाखाले १३२/३३ केभी सबस्टेसनमा ३० एमभिएको ट्रान्सफर्मर–४ जडान गर्न विद्युत आपूर्ति बन्द गरेको हो ।

बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सबस्टेसनको स्तरोन्नतिका लागि आपूर्ति बन्द हुने दुहबी ग्रिड शाखाले जनाएको छ । ग्रिड शाखाका अनुसार १३२/३३ केभी, ६६ एमभिएको ट्रान्सफर्मर–३ र ३३ केभी बस–२ तथा बस–३ को आपूर्ति आलोपालो गरी बन्द हुनेछ ।

सबस्टेसनको आपूर्ति अवरुद्ध हुँदा औद्योगिक फिडरको विद्युत सेवा बन्द भएको छ । साथै ३३ केभी धरान, खनार पुरानो, इनरुवा, विराटनगर–२ लगायत फिडरका लागि लोड अपुग भएमा आंशिकरूपमा सेवा अवरुद्ध हुन सक्ने पनि ग्रिड शाखाले जनाएको छ ।

यस्तै, महाराजगन्ज वितरण केन्द्र अन्तर्गत शिवपुरी फिडरको सेवा अवरुद्ध हुने भएको छ । फिडरको मर्मतका लागि दिउँसो १ देखि ३ बजेसम्म सेवा अवरुद्ध हुन लागेको हो ।

शिवपुरी फिडरको आपूर्ति अवरुद्ध हुँदा डाँडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटारलगायत स्थानको विद्युत सेवा प्रभावित हुने भएको छ ।

यस्तै, भोलि मंगलबार दिउँसो १ देखि ३ बजेसम्म वितरण केन्द्र अन्तर्गत चुनिखेल फिडरको सेवा पनि अवरुद्ध हुने भएको छ । फिडरको मर्मतका लागि विद्युत आपूर्ति बन्द हुने भएको हो ।

चुनिखेल फिडर अवरुद्ध हुँदा भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय–११, कौडोल, सुन्दर बस्ती र बासबारी क्षेत्रको विद्युत सेवा अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit