विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल–भारत ऊर्जा संयन्त्रअतर्गतको संयुक्त प्राविधिक टोली (जेटिटी) को १७औँ बैठक आज (सोमबार) बाट पोखरामा सुरु भएको छ । मंगलबारसम्म चल्ने दुई दिने बैठकमा नेपाली टोलीको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले गरिरहेका छन् । त्यस्तै भारतीय टोलीको नेतृत्व भारतकाे केन्द्रीय विद्युत् प्राधिकरणका चिफ इन्जिनियर बिएस बैरवाले गरिरहेको सहसचिव देवले ऊर्जा खबरसँग उनले बताए ।

उनका अनुसार बैठकमा सन् २०२६ को मे २६ देखि सञ्चालनमा आउन लागेको बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन हाललाई २२० केभीमा चार्ज गर्ने विषयमा छलफल हुने छ ।

‘एमसिए नेपालले नेपालतर्फ बनाउन लागेको सबस्टेसन सन् २०२६ निर्माण पूरा नहुने भएकोले उक्त अन्तर्देशीय लाइनलाई हाल ४०० केभीमा नभई २२० केभीमै चार्ज गर्नुपर्ने देखिएकोले त्यसबारे छलफल गर्न लागिएको हो,’ उनले भने । उक्त सबस्टेसन २०२७ मा मात्रै निर्माण हुने हुने बताइएको छ । त्यस्तै, उक्त सबस्टेसनको निर्माण सन् २०२७ मा पूरा हुने भनिएको छ ।

यसबाहेक बैठकमा ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनको क्षमता अभिवृद्धि, चमेलिया–जौलीजीवी २२० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन तथा निर्माण जस्ता विषय पनि एजेन्डाका रूपमा रहेका छन् । यो लाइनको नेपालतर्फको सम्भाव्यता अध्ययन भइसकेको छ । ४५ किलोमिटर लामो यो लाइनमा नेपालतर्फ ४४.५ किलोमिटर र भारततर्फ जम्मा ५०० मिटर मात्र रहेको छ । आआफ्नो भूमिमा आआफैँले यो लाइन निर्माण गर्ने सहमति यसअघि भएको थियो । जेटिटी बैठकमा थप छलफलपछि यो लाइनलाई सन् २०२७ भित्र निर्माण पूरा गर्ने गरी अघि बढाउने उनको भनाइ छ ।

त्यसैगरी यस बैठकमा निजगढ–मोतीहारी ४०० केभी र लमही–लखनउ ४०० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययनका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३