विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन १३२ केभी गर्ज्याङ-न्यू खिम्ती प्रसारण लाइन अबको ४ महिनामा सम्पन्न गर्ने भएको छ । ७५ प्रतिशत निर्माण सकिएको प्रसारण लाइन २०७८ बैशाखसम्ममा सञ्चालनमा ल्याउने भएको हो ।

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेको गर्जाङदेखि मन्थली नगरपालिकाको फुलासीसम्म ३२ किलोमिटर लामो प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको आयोजना प्रमुख प्रनिल पराजुलीले बताए । उनका अनुसार अहिलेसम्म प्रसारण लाइनको १ सय ५ मध्ये सय वटाको जग खनेर सकिएको छ ।

‘प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब ५ वटाको जग खन्न मात्रै बाँकी छ । ५० वटा टावर पनि खडा भइसकेका छन् ।’ उनले सुरुमा आयोजनाको निर्माणले गति लिए पनि कोरोना (कोभिड–१९) महामारीको असरले १० महिनादेखि सुस्त गतिमा काम भइरहेको बताए ।

प्रसारण लाइन यतिन्जेलमा तयार भइसक्नुपर्ने तालिका भए पनि कोरोना असरले सम्पन्न गर्न नसकेको उनले बताए । कोरोना महामारीका कारण प्रसारण लाइनको आवश्यक उपकरण आयातमा समस्या हुँदा निर्माण प्रभावित भएको उनको भनाई छ ।

यो प्रसारण लाइनमा देखिएको स्थानीय अवरोध भने अझै हट्न सकेको छैन । गोकुलगंगाका स्थानीयले मुआब्जा विवाद झिकेर प्रसारण लाइनको जग खन्न दिएका छैनन् । मुआब्जा विवाद मिलिनसकेकाले स्थानीयले जग खन्न नदिएको पराजुलीले बताए ।

दोलखाको तामाकोसी गाउँपालिकामा पनि स्थानीय अवरोध छ । स्थानीयले अधिग्रहण गरेको जग्गामा पारिवारिक समस्या देखाएर काम गर्न दिएका छैनन् । दुवै स्थानमा देखिएको स्थानीय अवरोधको अन्त्य गरेर काम सुचारु गर्ने प्रयास भइरहेको पराजुलीले दाबी गरे ।

प्रसारण लाइनसँगै गर्जाङ र न्यूखिम्ती गरी २ वटा सबस्टेसन निर्माण भइरहेका छन् । गर्जाङ सबस्टेसनको करिब ८० प्रतिशत पूरा भइसकेको उनले जानकारी दिए । यो सबस्टेसनमा उपकरण जडान गर्न बाँकी छ ।

सबस्टेसनमा जडान हुने उपकरण आयोजना स्थलमा आइनसकेकाले केही ढिलो भएको भएको उनको भनाई छ । उपकरण आइपुग्न अझै २ महिना लाग्ने देखिएको छ । 

न्यू खिम्तीमा देखिएको स्थानीय समस्या समाधान भई काम सुरु भएको आयोजनाले जनाएको छ । यो प्रसारण लाइनको धेरै काम बाँकी रहेकाले निर्माण पूरा भएका १९ मेगावाटका उपल्लो र माथिल्लो खिम्ती जलविद्युत आयाजनाको विद्युत खेर जाने अवस्था आएको छ ।

आयोजनाको उत्पादन सुचारु हुने अवधिभित्र प्रसारण लाइनको काम सकिने अवस्था नरहेकाले विद्युत वैकल्पिक लाइनमा जोड्नेबारेमा अध्ययन भइरहेको पनि पराजुलीले बताए ।

प्राधिकरणले उपल्लो र माथिल्लो खिम्तीसँगै निर्माणाधीन ४८ मेगावाटको खिम्ती–२ तथा रामेछापमा निर्माण हुने पाँचपोखरी, घट्टे खोला, खिम्ती खोला र सहायक खोलामा निर्माण हुने दर्जनौ आयोजनाको विद्युत जोड्न यो प्रसारण लाइन निर्माण गरिरहेको हो । प्रसारण लाइन सम्पन्न हुँदा ७२ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit