विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ह्याविटाट पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको पाँचथरस्थित हेवा खोला ए साना जलविद्युत आयोजना आगामी फागुनसम्म निर्माण सम्पन्न हुने भएको छ । सिंगटी हाइड्रोको ५१ प्रतिशत लगानी रहेको उक्त आयोजनाको निर्माणकार्य सुरुवात भएको ८ महिना नपुग्दै ५० प्रतिशत पूरा भएको हो । आयोजनाका अनुसार लक्ष्यभन्दा धेरै काम भएको र कुनै प्राकृतिक विपत्ति वा अन्य काबु बाहिरको परिस्थिति सृजना नभए २०८१ को माघ अन्तिम साता नै निर्माण कार्य सकिने अपेक्षा छ । 

पाँचथरको हेवाखोलामा निर्माणाधीन यो आयोजना ९.९ मेगावाट क्षमताको हो । गएको असार अन्तिम साताबाट निर्माणकार्य थालनी गरिएको उक्त आयोजनामा पहुँचमार्ग विस्तार, जग्गा व्यवस्थापन प्रक्रिया सकिसकेकाे छ भने समग्र निर्माण कार्य ५० प्रतिशत पूरा भइसकेको आयोजना निर्देशक मधुसूदन पौड्यालले जानकारी दिए । 

उनका अनुसार हेर्डवक्स, विद्युत गृहलगाएत जलविद्युत् आयोजनका मुख्य संरचनाहरूको निर्माणकार्य निर्धारित उदेश्यभन्दा धेरै अगाडि बढिरहेका छन् । आयोजनामा प्रयोग हुने पेनस्टक पाइप नेपाल आइसकेको र हाल निर्माणस्थलसम्म ढुवानी भइरहेको छ । 

विद्युतगृहमा जडान हुने उपकरणको खरिद प्रकृया अन्तिम चरणमा पुगिसकेको निर्देशक पौड्यालको भनाइ छ । प्रतिमेगावाट १८ करोड ५० लाख लागतमा सम्पन्न हुने यो आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा माछापुच्छ्रे र  लुम्बिनी विकास बैंकको लगानी रहेको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५१ प्रतिशत लगानी रहेको उक्त आयोजनाबाट उत्पादित विद्युत् पाँचथरस्थित थापाटारमा रहेको नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा जोडिने छ । आयोजनास्थलबाट थापाटार सम्म झण्डै ७ किलोमिटर प्रसारण लाइन निर्माणको काम समेत अघि बढिसकेको आयोजनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit