विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल इञ्जिनीयर्स एसोसियसनको अध्यक्ष पदमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपालका डा. हरिबहादुर दर्लामी निर्वाचित भएका छन् । दर्लामीले तीन हजार ९३० मत प्राप्त गरेकाे निर्वाचन समितिका सदस्य उमेशकुमार गुप्ताले जानकारी दिए । यसैगरी, उपाध्यक्षमा पनि लोकतान्त्रिक समूहकै डा नारायणप्रसाद अधिकारी चार हजार २१ मत प्राप्त गरी निर्वाचित भएका छन् । सबै पदमा लोकतान्त्रिक समूह विजयी भएको समितिले जनाएको छ ।

महासचिव पदमा रविभूषण झाले चार हजार २९८ मत, उपमहासचिवमा सरोज धितालले तीन हजार ६८३ मत, कोषाध्यक्षमा दिनेश त्रिपाठीले तीन हजार ६०५ मत र सहकोषाध्यक्षमा दीपक अधिकारी तीन हजार ३४२ मत ल्याई विजयी भएका छन् । एसोसियसनको सबै सदस्य पदमा समेत लोकतान्त्रिक समूहकै उम्मेदवार विजयी भएका छन् । मधेस प्रदेशबाहेकका ६ प्रदेशको एसोसियसनमा पनि लोकतान्त्रिक समूहको नेतृत्व निर्वाचित भएको छ । मधेस प्रदेशका अध्यक्षमा भने नेशनल इञ्जिनीयर्स एसोसियसन नेपालका गौरी पण्डित अध्यक्षमा निर्वाचित भएका छन् ।

एसोसियसनका निर्वाचित अध्यक्षमा प्रदेश नं १ मा जयनाथ यादव, गण्डकीमा वृजेन्द्र केसी, लुम्बिनीमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णालीमा हरि केसी र सुदूरपश्चिममा प्रदीपकुमार पन्त निर्वाचित भएका छन् । बागमती प्रदेशमा पनि लोकतान्त्रिक समूहकै रोहिणी पौडेल निर्वाचित भएका छन् । यस्तै, प्रगतिशील समूहबाट केन्द्रीय अध्यक्षमा डा सुरज लामिछाने नेतृत्वको समूहले प्रतिष्पर्धा गरेको थियो । सिडेनबाट विद्रोही समूह निर्वाचनमा खडा भए पनि छ प्रदेशसहित केन्द्रमा पनि निर्वाचित भएको छ ।

एसोसियसनको ३३औँ कार्यसमितिका लागि फागुन २७ गते शुक्रबार मतदान भएको थियो । एसोसियसनबाट इञ्जिनीयर्स काउन्सिलमा प्रतिनिधित्व गर्ने पाँच पदमा पनि सिडेनकै उम्मेदवार निर्वाचित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit