विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
रसुवागढीमा भीषण बाढी

काठमाडौँ । रसुवाको उत्तरी सीमा नाकामा पर्ने १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ३६ कर्मचारी उद्दारको पर्खाइमा रहेका छन् । भोटेकोसी नदीमा मंगलबार बिहान ३ बजेदेखि भीषण बाढी आएपछि बचाउका लागि भीर–पहरामाथि उक्लिएर बसेका कर्मचारीहरूको हालसम्म उद्दार हुन नसकेको केन्द्र प्रमुख सत्यराम ज्याख्वाले ऊर्जा खबरसँग बताए ।

‘भोटेकोसी किनारमै रहेको केन्द्रको अस्थायी शिविरमा २२ जना, हेडवर्क्समा ९ जना र भारतीय कम्पनी भोइथका ५ जना कर्मचारी विद्युत्‌गृहमा बसेका थिए,’ उनले भने, ‘ती मध्ये केही मात्रै सुरक्षित स्थानमा पुगेको भए पनि धेरैजसो बाढीबाट जोगिन मास्तिरको भीर तथा पहरामा चढेर बसेको खबर पाएका छौँ ।’

उनका अनुसार बाढीले खोलामा रहेका पुल तथा केही स्थानमा सडक समेत बगाएकोले कर्मचारीहरु सुरक्षित स्थानमा पुग्न सकेका छैनन् । भीरमा पुगेर बसेकाहरू कतिपयको मोबाइल फोन स्वीच अफ भएको र नेटवर्कको समेत समस्या देखिएकोले उद्धारका लागि सम्पर्क गर्न कठिइन भइरहेको छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरुको उद्दानको प्रयास भइरहेको र सेनाको हेलिकोप्टर प्राप्त हुन नसके निजी हेलिकोप्टको प्रयोग गरेर भए पनि उद्दार गरिने उनले बताए । जलविद्युत् केन्द्र वरपर हाल वर्षा कम भए पनि बाक्लो हुस्सुका कारण चुनौती थपिएको छ ।

नेपाली भूमिबाटै आएर रसुवागढीमा भोटेकोसी नदीमा मिसिनले ल्हेन्दे खोलाले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएपछि चीनतर्फको नाकासमेत बन्द भएको छ ।

भोटेकोसीमा आएको बाढीले रसुवागढी जलविद्युत् केन्द्रको अस्थायी क्याम्पहरू सबै बगाएको छ । त्यस्तै, आयोजनाको मुख्य बाँध, गेटहरुमा निकै ठूलो क्षति पुर्‍याएको छ । आयोजनाको निकास सुरुङ (टेलरेस) मा समेत बाढी पसेर क्षति गरेको हुन सक्ने अनुमान रहेको छ । केन्द्रको एउटा क्रेनसहित गाडीहरु समेत बगाएको र लेदोले पुरेको छ । हालसम्म क्षतिको यकिन गर्न नसकिएको केन्द्र प्रमुख ज्याख्वाले बताए ।

केन्द्रले ६ महिनाअघि २०८१ पुस १६ गतेबाट मात्र व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो ।

यसैबीच प्रहरी चौकी रसुवागढीले दिएको पछिल्लो जानकारी अनुसार बाढीको उक्त विपत्मा परी ९ जना नेपाली नागरिक, ३ जना प्रहरी र ६ जना चिनियाँ नागरिक गरी १८ जना सम्पर्कविहीन भएका छन् । त्यस्तै, ७ जना स्थानीय, १ जना नेपाल प्रहरी, १ जना सशस्त्र प्रहरी गरी ९ जनाको उद्दार गरिएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–२ मा रहको विद्युतीय सवारी चार्जिङ स्टेशनमा ठूलो क्षति पुर्‍याई करिब ८ वटा विद्युतीय गाडी बगाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३