विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको विद्युत माग यो वर्ष अधिकतम १० प्रतिशतसम्म बढ्ने भएको छ । सन् २०२२ मा अघिल्लो वर्षको तुलनामा ८ देखि १० प्रतिशत विद्युत माग बढ्न सक्ने प्रक्षेपण गरिएको हो ।

यसअघि चालू वर्षमा विद्युत माग बढेर १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको थियो । कोराना (कोभिड–१९) महामारीको प्रभावले उद्योगधन्दा नियमित सञ्चालन हुन नपाउँदा लक्ष्यअनुसार खपत बढाउन नसकिने अवस्था देखिएपछि खपतको अनुमानित लक्ष्य संशोधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यो वर्ष विद्युत मागको बृद्धि १० प्रतिशतसम्म मात्र जान सक्ने अवस्था आएको त्यहाँको एचडिएफसी सेक्योरिटिजले प्रक्षेपण गरेको रिर्पोटमा उल्लेख छ । भारतमा हरेक वर्ष विद्युतको उच्च माग औसतमा साढे ९ प्रतिशतसम्म स्वतः बृद्धि हुने गरेको तथ्यांक छ ।

२०२१ को डिसेम्बर महिनामा विद्युत मागमा साढे २ प्रतिशत मात्रै बृद्धि भएको समाचारमा जनाइएको छ । भारतमा कोरोना महामारीको संक्रमण दर बढ्दै गएपछि जनवरी महिनामा यो बृद्धिदर घटेर साढे १ प्रतिशतमा सिमित हुन पुगेको तथ्यांकमा उल्लेख छ ।

विद्युतको मागमा आएको गिरावट तथा कोइला आपूर्तिमा सहजता हुँदा कोइलाबाट सञ्चालित थर्मल प्लान्टहरूले मागको ३ गुणा बढी कोइला भण्डार गरेको समाचारमा उल्लेख छ । रिर्पोटका अनुसार सेप्टेम्बर महिनामा थर्मल प्लान्टहरूमा कोइलाको आपूर्ति ४१.५ प्रतिशतबाट बढेर ६३.३ प्रतिशत पुगेको थियो । डिसेम्बर महिनामा आधारभुत ‘डेफिसिट’ सामान्यरूपमा ०.४ प्रतिशत बढेको थियो । तर, ‘पिक डेफिसिट’ भने ०.१ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कम हुन गएको थियो । यो अवधिको विद्युत महसुल दर प्रतियुनिट ३.२ भारु थियो ।

सन् २०२२ को जनवरी महिनामा वितरण कम्पनीहरूको विद्युत महसुलको बक्यौता १० अर्ब ६६ करोड भारु पुगेको छ । सन् २०२१ को डिसेम्बरसम्ममा भारतको विद्युत जडित क्षमता ३ लाख ९३ हजार मेगावाट पुगेको छ । जसमा नवीकरणीय ऊर्जाको हिस्सा ३७ प्रतिशत छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit