विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नयाँ दिल्ली । भारतले करिब १ वर्षमा ९ हजार ७ सय मेगावाट उत्पादन गरेको छ । उसले अप्रिल २०२० देखि फेब्रवरी २०२१ को अवधिभित्र नवीकरणीय तथा परम्परागत ऊर्जाको स्रोतबाट यति विद्युत उत्पादन गरेको हो ।

प्रसारण प्रणालीमा ९ हजार ७ सय मेगावाट विद्युत थपिएसँगै विद्युतको जडित क्षमता ३ लाख ७९ हजार १ सय मेगावाट पुगेको तथ्यांक भारतीय ऊर्जा मन्त्री आरके सिंहले राज्यसभामा प्रस्तुत गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रणालीमा थपिएको विद्युत मध्ये ३ हजार ८ सय मेगावाट परम्परागत ऊर्जाको स्रोतबाट उत्पादन गरिएको सिंहले बताए । ‘यो वर्ष कोइलामा आधारित थर्मल प्लान्ट र नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युत उत्पादन गरेर प्रणालीमा जोडिएको छ,’ उनले भने, ‘जसमा नवीकरणीय ऊर्जाको स्रोतको हिस्सा ५ हजार ९ सय मेगावाट छ ।’

यो वर्षको उत्पादन गत आर्थिक वर्ष (२०१९/२०) को भन्दा ६ हजार १ सय मेगावाट कम हो । गत आर्थिक वर्षमा १५ हजार ८ सय मेगावाट विद्युत उत्पादन गरेको थियो । जसमा ७ हजार १ सय मेगावाट परम्परागत ऊर्जाका स्रोतबाट उत्पादन भएको थियो भने ८ हजार ८ सय मेगावाट नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन भएको थियो ।

भारतले पछिल्लो ५ वर्षमा मात्रै १ लाख १७ हजार ९ सय मेगावाट विद्युत प्रणालीमा जोडिसकेको छ ।  जसमा ६४ हजार ५ सय मेगावाट परम्परागत ऊर्जाको स्रोतबाट र ५३ हजार ४ सय मेगावाट नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन भएको सिंहले जानकारी दिए ।

आर्थिक वर्ष २०२६/२७ भित्र कूल जडित क्षमता ६ लाख ९९ हजार ६६ मेगावाट पुर्याउने लक्ष्य राखिएको पनि सिंहले बताए । अबको ५ वर्षमा निर्धारण गरिएको लक्ष्य अनुसार २ लाख ३८ हजार मेगावाट कोइलामा आधारित थर्मल प्लान्टबाट, २५ हजार ७ सय ३५ मेगावाट ग्यासबाट उत्पादन गरिने भएको छ । 

यस्तै, ६३ हजार ३ सय १ मेगावाट जलविद्युतबाट, १६ हजार ८ सय ८० मेगावाट आणविक भट्टीबाट र २ लाख ७५ हजार मेगावाट नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन गरिने उनले बताए । 

भारतीय सञ्चार माध्यमकाे सहयाेगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit