विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चीनले थ्री गर्जेजपछि निर्माण गरेको विश्वको दोस्रो ठूलो जलाशय जलविद्युत आयोजनाबाट परीक्षण उत्पादन सुरु गरेको छ । दक्षिण पश्चिम चीनको सिचुआन र युनान प्राप्तको सीमास्थित जिन्सा नदी बेसिनमा निर्माण भएको १६ हजार मेगावाटको जलाशय जलविद्युत आयोजनाबाट परीक्षण विद्युत उत्पादन सुरु गरिको हो ।

जलाशय जलविद्युत आयोजनाको पहिलो युनिटबाट सोमबारदेखि परीक्षण उत्पादन सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । चीनले निर्माण सुरु गरेको ४ वर्षमा यति ठूलो जलाशय जलविद्युत आयोजना सम्पन्न गरि विद्युत उत्पादन सुरु गरिएको हो । पहिलो युनिट बाट १ हजार मेगावाट विद्युत प्रसारण प्रणालीमा जोडिएको छ ।

पहिलो युनिटको उत्पादन सुरु गर्न गत चैतदेखि नै जलाशयमा पानी भर्न थालिएको थियो । बाँकी १४ वटा युनिट पनि अबको १ महिनाभित्रमा सञ्चालनमा ल्याइसक्ने योजना छ । जिन्सा नदी बेसिनको ९१ प्रतिशत पानीको उपयोग हुने गरी जलाशय निर्माण गरिएको छ । यो जलाशय याङ्ट्जे नदीमा बर्खामा आउने बाढी नियन्त्रणका लागि पनि महत्त्वपूर्ण मानिएको छ ।

आयोजनाको विद्युतगृहमा १ हजार मेगावाट क्षमताका १६ वटा उत्पादन युनिट निर्माण गरिएको छ । सन् २०२१ को अन्त्यसम्ममा आयोजनाका सबै युनिट सञ्चालनमा ल्याइसक्ने योजना छ । यो जलाशय जलविद्युत आयोजनाको सबै युनिट सञ्चालनमा आउँदा वार्षिक ६ करोड २ लाख ४० हजार गिगावाट घन्टा विद्युत उत्पादन गर्न सकिनेछ ।

जलाशय आयोजनाले उत्पादन गरेको विद्युतबाट वार्षिकरूपमा ५ लाख जनसंख्यालाई विद्युत सेवा दिन सकिने समाचारमा जनाइएको छ । २ सय १७ किलोमिटर क्षेत्रमा आयोजनाको भूमिगत संरचनाहरू निर्माण गरिएको छ । 

यो दुरी बेइजिङदेखि तियानजिनसम्मको दुरीभन्दा १.७ गुणाले बढी हो ।यति लामो दुरीमा जलविद्युत आयोजनाको संरचना निर्माण गरी चीनले विश्व रेकर्ड बनाएको छ । यो जलाशय आयोजनालाई चीनको पूर्व पश्चिम प्रसारण प्रणालीको मेरुदण्डका मानिएको छ ।

जलाशय आयोजनाका सबै युनिट सञ्चालनमा आएपछि कार्बन उत्सर्जन घटाउने लक्ष्य पूरा हुने चीनको दाबी छ । विश्वकै ठूलो २२ हजार ५ सय मेगावाटको थ्री गर्जेज जलाशय आयोजना पनि चीनमा छ । 
दि ग्लोबल टाइम्सबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit