विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोइला अभावमा ऊर्जा संकट झेलिरहेको भारतले पछिल्लो ९ महिनामा सौर्य र वायु ऊर्जाको स्रोतबाट १० हजार मेगावाट बढी विद्युत उत्पादन गरेको छ । सन् २०२१ को जनवरीदेखि सेप्टेम्बर महिनासम्ममा नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन भएको यति विद्युत प्रसारण प्रणालीमा थपेको हो ।

यो अवधिमा निर्माण सम्पन्न भएका सौर्य विद्युत आयोजनाबाट ८ हजार ८ सय ८१ मेगावाट विद्युत उत्पादन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । १२ सय ४६ मेगावाट विद्युत वायु ऊर्जाबाट उत्पादन गरिएको समाचारमा जनाइएको छ ।

सौर्य ऊर्जा प्रविधिबाट उत्पादन भएको विद्युत अघिल्लो वर्षको यहि अवधिको तुलनामा २८० प्रतिशत बढी हो । वायु ऊर्जा प्रविधिबाट उत्पादन भएको विद्युत पनि अघिल्लो वर्षको यहि अवधिको तुलनामा १०१ प्रतिशत बढी भएको सञ्चार माध्यमले लेखेका छन् ।

राजस्थान, गुजरात, उत्तर प्रदेश र महाराष्ट्र राज्यमा सबैभन्दा बढी सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएका छन् । वायुतर्फ गुजरात, तमिलनाडु र कर्नाटकाले बढी विद्युत उत्पादन गरेका छन् ।

घरमा छाना (रुफटप) मा जडान भएका सौर्य ऊर्जा प्रविधिबाट पनि २ हजार ६८ मेगावाट विद्युत प्रणालीमा थपिएको छ । यो अघिल्लो वर्षको तुलनामा १३४ प्रतिशत बढी हो । अघिल्लो वर्ष घरको छानामा सौर्य पाता राखेर उत्पादन भएको ८८३ मेगावाट विद्युत प्रणालीमा जोडिएको थियो । 

प्रणालीमा १० हजार मेगावाट थपिएसँगै नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता १ लाख १ हजार ५ सय ५३ मेगावाट पुगेको छ । यो अवधिमा निर्माण सम्पन्न भएका विद्युत आयोजना पहिले नै सम्पन्न भइसक्नु पर्ने भए पनि कोरोना (कोभिड–१९) महामारीका कारण केही ढिला गरी प्रणालीमा जोडिएको त्यहाँको नवीकरणीय ऊर्जा मन्त्रालयले जनाएको छ । 

भारतमा नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमताको ४६ प्रतिशत हिस्सा सौर्य विद्युतको छ । त्यसपछि क्रमशः वायु, वायो र लघुजलविद्युतको हिस्सा छ ।

सन् २०२१ मा ११ हजार मेगावाट सौर्य विद्युत र २ हजार ८ सय मेगावाट वायु ऊर्जा उत्पादन हुने प्रक्षेपण छ । घरको छानाबाट पनि ३ हजार मेगावाट विद्युत प्रणालीमा थप्ने लक्ष्य छ । 

भारतले कूल जडित क्षमताको ७० प्रतिशत विद्युत कोइलाबाट उत्पादन गर्दै आएको छ । पछिल्लो समय कोइला अभावमा थर्मल प्लान्ट नियमित सञ्चालन हुन नसक्दा ऊर्जा संकट देखिएको छ । कोइला पर्याप्त संचित कोइला नहुनु तथा अन्तर्राष्ट्रि बजारमा कोइलाको मूल्यमा भएको बृद्धिले ऊर्जा संकटको अवस्था देखिएको हो ।

बढ्दो कार्बन उत्सर्जन कम गर्न तथा प्रसारण र वितरण प्रणालीलाई दिगो र गुणस्तरीय बनाउनका लागि नवीकरणीय ऊर्जा उत्पादन बढाउनु पर्ने चुनौती भारतलाई छ ।

समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit