विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । दोलखाको अति दुर्गम गाउँको रुपमा चिनिने ना उपत्यका र लप्ची गाउँमा यसै वर्ष विद्युत् सेवा पुग्ने भएको छ । दुवै गाउँ ४२०० मिटरको उचाईमा अवस्थित छ । जिल्लाका हरेक घरमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगे तापनि यी दुई गाउँ बाँकी छन् ।

ना गाउँमा विद्युतीकरणका लागि ३० किलोवाट क्षमताको सोलार प्लान्ट राख्ने तयारी भइरहेको छ । गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले २ दिनअघि ना गाउँ पुगेर सोलार प्लान्टको शिलान्यास गरे । विद्युत् र टेलिफोन सेवा पुर्‍याउन चुनौतीको रुपमा रहेको ना गाउँमा प्राधिकरणको विद्युत् ल्याउन टाढा भएपछि सोलार प्लान्टबाट विद्युतीकरण गर्न लागेको जानकारी दिए ।

ना गाउँ गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा पर्ने रोल्वालिङ उपत्यकामा पर्छ । विश्वको सबैभन्दा ठूलो च्छोरोल्पा हिमताल नजिकैको गाउँ ‘ना’ हो । यहाँ बढी हिउँ पर्ने हुँदा मंसिरदेखि चैतसम्म यहाँका स्थानीय बेदिङमा बसोबास गर्छन् ।

पर्यटकीय क्षेत्र भएकाले यहाँका बासिन्दा ‘होम स्टे र होटल’ चलाएर जीविकोपार्जन गर्छन् । सिजनमा पुरुषहरू हिमालमा ट्रेकिङ जान्छन् । ना र बेदिङलाई सगरमाथा आरोहीको गाउँको रुपमा समेत चिनिन्छ । पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले थप पूर्वाधार निर्माण र प्रचारप्रसारमा ध्यान दिने कार्कीले बताए ।

ना गाउँमा सोलार मिनिग्रिडका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत अर्थात ३ करोड १४ लाख ९ हजार १ सय ७ रुपैयाँ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखाको २५ लाख र गौरीशंकर गाउँपालिकाको ९ लाख ८९ हजार ९ सय रुपैयाँ लागत साझेदारी गरेको छ । एभरेष्ट समिटर क्लबका अध्यक्ष दावाछिरि शेर्पाले ना गाउँमा विद्युत् सेवा विस्तार हुनु भनेको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास लिए ।

बेदिङसम्म भने दुई वर्षअघि नै प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याएको छ । नेपाल टेलिकमको समेत टावर राखेर मोबाइल र डाटा सेवा सञ्चालित छ । लप्ची र नामा ५० घरभन्दा बढी छन् ।

विगू गाउँपालिका वडा नम्बर १ लप्चीमा समेत विद्युतीकरणको तयारी भएको छ । थाम्चेम्बुसम्म पुगेको प्राधिकरणको लाइन लप्चीसम्म थप १० किलोमिटर लाइन विस्तार गरी विद्युतीकरण गर्न दोलखाबाट लागत अनुमान तयार गरी पठाइएको फाइल प्राधिकरण केन्द्रीय कार्यालयले स्वीकृत गरेकाले वर्षा सकिने वित्तिकै काम सुरु गर्न सकिने प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले जानकारी दिए ।

लप्ची चीनसँगको सीमा जोडिएको गाउँ हो । सीमा क्षेत्रका गाउँमा प्राधिकरणले चिनियाँ सरकारसँगको समन्वयमा चीनका नजिकको सहरबाटै लाइन तानेर विद्युतीकरण गर्ने लक्ष्य राखे तापनि लप्चीमा आफ्नै देशको विद्युत् सहज हुने भएपछि तत्कालै विद्युतीकरण गरिने भएको हो । सडक नपुगेको चीनसँगको सिमानामा प्राधिकरणको विद्युत् लाइन पुग्ने चिनियाँ सीमा क्षेत्रको पहिलो गाउँ लप्ची बन्ने भएको छ ।

लप्चीमा विद्युतीकरणको संभाव्यताको लागि गत बैशाखमा केन्द्र प्रमुख ढकाल आफैं लप्ची पुगेर फर्किएका थिए । लामाबगरबाट २ दिनको पैदल यात्रा र कठिन भीर र खोलाको बाटो भएकाले सामान ढुवानीका लागि हेलिकप्टरबाहेक अन्य विकल्प नरहेकाे उनले बताए । विगू गाउँपालिकाले लामाबगरदेखि आफैं ढुवानीको व्यवस्था गरेर विद्युतीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।

विगू गाउँपालिका अध्यक्ष सञ्जिव ओलीले लप्ची धार्मिक तथा अध्यात्मिक गन्तव्य भएकाले त्यहाँ विद्युत् र टेलिफोन सेवा पुर्‍याउनु चुनौती भएकाले आफ्नो सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित भएको बताए । प्राधिकरणले विद्युतीकरणका लागि पोल, केबल, ट्रान्सफर्मर लगायतका डेढ करोड लागत अनुमान गरेको छ । सडक पहुँच लामाबगरसम्म प्राधिकरणले सामान ढुवानी गरेपछि गाउँपालिकाले आफ्नै व्यवस्थापनमा ढुवानी गरी पोल गाड्ने र तार तान्ने काम गर्ने अध्यक्ष ओलीले बताए ।

लप्चीमा ३० घरधुरी र २५ वटा ध्यान गर्ने गुफा र गुम्बा रहेका छन् । ध्यान गर्न देश विदेशबाट बाैद्धमार्गीहरू आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit