विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा खबरका सम्पादक लक्ष्मण वियोगीलाई पितृशोक परेको छ । उनका पिता तुलसीरमण काफ्लेको हिजो शनिबार (मंसिर २० गते) ८१ वर्षको उमेरमा स्वर्गारोहण भएको हो ।

गत वर्ष पुसदेखि मस्तिष्कघातले थलिएका पिता काफ्लेको लामो समय बाँसबारीस्थित उपेन्द्र देवकोटा र माइतीघरस्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचार गरिएको थियो ।  पुर्ख्यौली घर स्याङ्जा रहेका काफ्ले करिब दुई दशकदेखि मधुवन नगरपालिका ४ बर्दियामा बसोबास गर्दै आएका थिए ।

काठमाडौंमा उपचार गरेर स्वास्थ्यमा केही सुधार देखिएपछि उनलाई करिब डेढ महिना अघि बर्दिया लगिएको थियोे । स्याङ्जामा लामो समय समाजसेवा र शिक्षण पेशामा संलग्न स्व. काफ्ले राजनीतिमा पनि उतिकै सक्रिय रहेको पारिवारिक स्रोतले जानकारी दियो ।

२०१८/१९ सालदेखि अध्यापन सुरु गरेका उनी २०६२ सालमा बर्दियाकै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट अनिवार्य अवकाश भएका थिए । पारिवारिक स्रोतका अनुसार काफ्ले अवकाशपछि पनि करिब दुई दशक सोही विद्यालयको गुणस्तरीय विकास र उन्नतिमा खटिएका थिए ।

उनले तत्कालीन पंचायती शासनकालमा स्याङ्जामा आधा दर्जन विद्यालय स्थापना गरी शैक्षिक जागरण चलाएका थिए । शिक्षामार्फत व्यवस्था परिवर्तनमा होमिएको र तत्कालीन सरकारविरुद्ध अपराधिक काम गरेको ठहर गरी २०३१ सालतिर राजकाज मुद्दामा जेल सजाय दिइएको थियो ।

स्व. काफ्लेले तत्कालीन समयमा लगातार १८ महिना र पटक पटक गरी ४ वर्षभन्दा बढी जेल जीवन बिताएका थिए । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा समेत संलग्न उनको राजनीतिक योगदानबारे स्याङ्जामा निरन्तर चर्चा हुने गर्छ ।

वर्तमान समयका चर्चित काँंग्रेस नेताहरू रामचन्द्र पौडेल, गोविन्दराज जोशी, गोपालमान श्रेष्ठ, ढुण्डीराज शास्त्री लगायत उनका राजनीतिक सहकर्मी हुन् । भारतको बनारस संस्कृत विश्वविद्यालयबाट संस्कृतमा आचार्य (स्नातकोत्तर) सम्मको अध्ययन गरेका काफ्ले तत्कालीन भारतमा अंग्रेजविरुद्ध महात्मा गान्धीले चलाएको `भारत छोडो´ आन्दोलनबाट प्रभावित भएर शिक्षामार्फत राजनीतिमा सक्रिय भएका थिए ।

राजा महेन्द्रले २०१७ साल पुस १ गते विपि कोइरालाको निर्वाचित प्रजातान्त्रिक सरकार अपदस्त गरेपछि काफ्ले काँग्रेस राजनीतिमा तानिएका थिए । स्याङ्जाका तत्कालीन शिक्षा तथा समाज सुधारकहरू डण्डपानी वाग्ले, शिवकुमार शर्मा, विश्वप्रेम अधिकारी, जंगबहादुर गुरुङसँगै शिक्षा तथा समाज सुधारको जागरणमा होमिएका थिए । वियाेगी सहित स्वर्गीय काफ्लेका ५ छाेरा र ४ छाेरी छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit