विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमीटेडसँग ५ जलविद्युत आयोजनाले ग्रिड कनेक्सन सम्झौता गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयका सचिव एवं ग्रिड कम्पनी र सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार घिमिरेको उपस्थितीमा ग्रिड कम्पनी र पाँच प्रवर्द्धक कम्पनीबीच समझदारी भएको हो ।

समझदारीपत्रमा जलविद्युत आयोजना प्रर्वद्धक कम्पनीका प्रतिनीधि र ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र ज्ञवालीले हस्ताक्षर गरे । समझदारीपत्रमा कम्पनीको तर्फबाट ज्ञवाली तथा सनस्टार इनर्जी प्रालिका कार्यकारी निर्देशक सुमन थापा, वाटर इनर्जी डेभलपमेन्ट प्रालिका अध्यक्ष कृष्णप्रसाद आचार्य, यारो हाइड्रोपावर प्रालिका अध्यक्ष प्रताप गुरुङ, बुढीगण्डकी हाइड्रो पावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद घिमिरे र अपर स्याङ्गे हाइड्रो पावर लिमीटेडका अध्यक्ष बीरबहादुर घलेले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सनस्टार इनर्जीले ४६ मेगावाटको सुपर सेती, वाटर इनर्जीले १६ मेगावाटको माछाखोला, यारो हाइड्रो पावरले ३०.५ मेगावाटको यारो खोला, बुढीगण्डकीले ४.६ मेगावाटको सुपर माछाखोला र अपर स्याङ्गेले २४.५ मेगावाटको दोभान खोला जलविद्युत आयोजनाको निर्माण अघि बढाएको छ ।

यी कम्पनीले निर्माण गर्न लागेका जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउन ग्रिड कम्पनीले निर्माण गरिरहेको सबस्टेसन र प्रसारण लाइन प्रयोग हुनेछ । उक्त प्रसारण लाइन प्रयोग गरेबापत कम्पनीहरूले ह्विलिङ चार्ज तिर्नुपर्ने छ । अहिले निजी ऊर्जा उत्पादकहरूले नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको प्रसारण प्रणाली मात्रै प्रयोग गरिरहेका छन् ।

वातावरणलाई न्यून प्रभाव पार्ने गरी र लागतमा समेत साझेदारी हुने गरी साझा कोरिडोरको अवधारणा अघि बढाएको ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

सुपर सेतीको विद्युत सेती कोरिडोर (पश्चिम सेती–दोधारा) ४०० केभी प्रसारण लाइनमा जोडिने छ । यो प्रसारण लाइन करिब १५६ किलोमिटर हुने छ । माछाखोला, यारो खोला, सुपर माछाखोला र अपर स्यांगेको विद्युत १३२ केभी दरौंदी कोरिडोर (केराबारी–मर्स्याङ्दी) १३२ केभी प्रसारण लाइनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३