काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले नयाँ पोल राख्नका लागि साेमबार २ वटा फिडरकाे विद्युत सेवा बन्द गर्ने भएकाे छ । फिडर अन्तर्गत ८/९ मिटर पोलको सट्टामा ११ मिटरको पिएससी पोल राख्नका लागि सेवा बन्द गर्न लागिएकाे हाे ।
सेवा भोली ३० गते (सोमबार) ७ घण्टा विद्युत सेवा बन्द हुनेछ । बिहान ९ बजेदेखि विद्युत सेवा बन्द गरेर नयाँ पोल राख्ने काम गरिने केन्द्र प्रमुख राजिव सिंहले बताए । अवरुद्ध सेवा बेलुका ४ बजेबाट सुचारु हुनेछ ।
विद्युत सेवा बन्द हुँदा भरतपुर महानगरपालिकाकाे वडा नम्बर ८, ९ र १२ का क्षेत्रहरू प्रभावित हुनेछ । तोकिएको समय अगावै काम सम्पन्न भए निर्धारित समय अगावै सेवा सुरु गर्ने प्राधिकरणले जनाएको छ ।