विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज डिभिजन कार्यालयअन्तर्गतका वितरण केन्द्रहरूमार्फत करिब ९० प्रतिशत विद्युतीकरण पूरा भएको छ । कार्यालयमातहतका १० वटा वितरण केन्द्रले अधिकांश ठाउँमा विद्युतीकरण गरी गुणस्तरीय आपूर्तिमा काम गरिरहेका छन् ।

प्राधिकरणका दुई डिभिजन (हेटौंडा र नेपालगन्ज) नेपालगन्जले फराकिलो क्षेत्रमा काम गरिरहेको छ । जसले, यसअघि क्षेत्रीय कार्यालयका रूपमा काम गर्दै आएकोमा अहिले लुम्बिन प्रादेशिकको डिभिजनको रूपमा सञ्चालित छ ।

यस डिभिजनअन्तर्गत बर्दियामा दुई (राजापुर र गुलरिया), बाँकेमा दुई (नेपालगन्ज र कोहोलपुर), दाङमा तीन (तुल्सीपुर, घोराही र लमही) तथा प्युठान, रोल्पा र रुकुम पूर्वमा एक÷एक वितरण केन्द्र रहेका छन् । ती मध्ये बाँके, बर्दिया र दाङमा करिब शतप्रतिशत नै विद्युतीकरण भइसकेको डिभिजन कार्यालय प्रमुख सुरज गौतमले बताए ।

‘बाँकेका दुई गाउँपालिका राप्ती सोनारी र नरैनापुर जुन राप्ती पारिका गाउँपालिका हुन्, त्यहाँका केही २–३ सय ग्राहकमा मिटर जडान गर्न बाँकी छ,’ उनले ऊर्जा खबरसँग भने, ‘ती क्षेत्रमा मिटर जडानको काम सुरु भइसकेको छ ।’ शतप्रतिशत विद्युतीकरण भएका ठाउँमा गुणस्तरीय आपूर्ति गर्ने योजनाका साथ काम भइरहेको उनको भनाइ छ ।

विगत ४–५ वर्षदेखि अस्वारा सबस्टेसनको काम रोकिए पनि अहिले स्थानीयसँग समन्वय तथा सहयोगमा पूरा हुन लागेको छ । यस क्षेत्रमा करिब ६००० ग्राहक रहेका छन्, जसले गुणस्तरीय विद्युत उपभोग गर्न पाउने आधार बनिरहेको छ । पछिल्लो एक वर्षमा मैनापोखर सबस्टेसन स्तरोन्नती गरी १० एमभिएको ट्रान्सफर्मर जडान गरिएको गौतमले बताए ।

उनका अनुसार राप्ती सोनारी र नरैनापुरमा क्रमशः ४६४२ र ६२० वटा मिटर जडान भइसकेका छन् । यस्तै, २०० र ५३ वटा मिटर जडान भइरहेका छन् । यी बाहेक छुटेका ग्राहकले मिटर जडानका लागि आवेदन दिइरहेको हुँदा तिनको लगत संकलन गरी छिटो भन्दा छिटो काम पूरा गर्ने योजना रहेको उनले बताए ।

डिभिजन कार्यालयका अनुसार अहिलेसम्म रोल्पामा ४५ प्रतिशत र रुकुम पूर्वमा ३५ प्रतिशत विद्युतीकरण भएको छ । राप्ती सोनारीका केही ठाउँ बाहेक यस डिभिजनअन्तर्गतका वितरण केन्द्रमार्फत विद्युतीकरण गर्ने क्षेत्र बाँकी छैनन् ।

अघिल्लो आर्थिक वर्ष (आव) मा १२.१७ प्रतिशत रहेको यस डिभिजन कार्यालयको विद्युत चुहावट आव २०७७/७८ मा १०.७८ प्रतिशतमा झरेको जनाइएको छ । चालू आवमा यो १० प्रतिशतभन्दा कममा झार्ने गरी डिभिजन कार्यालयले काम गरिरहेको छ ।

मिटर अभाव

डिभिजन कार्यालयले विद्युतीकरणको काम धमाधम पूरा गर्दै भइरहे पनि केही क्षेत्रमा मिटरकै कारण जडान गर्न नसकिएको जनाएको छ । ‘राप्ती सोनारी र नरैनापुरकै कुरा गर्दा ग्राहकहरूले मिटर जडानका लागि पैसा बुझिदिनुपर्यो भनिरहेका छन् तर हामीसँग पर्याप्त मिटर छैन । यही कारण हामीले खुलेर आवेदन स्वीकार गर्न सकिरहेका छैनौं,’ गौतमले भने, ‘यस विषयमा केन्द्रसँग समन्वय भइरहेको छ । सायद, छिट्टै समस्याको टुंगो लाग्नेछ ।’

समन्वयअनुसार केन्द्रले समयमै मिटर नपठाउने हो भने विद्युतीकरण हुन बाँकी क्षेत्रमा डिभिजन कार्यालय र ग्राहकले चाहेर पनि बत्ती बाल्न नसकिने उनको दाबी छ । राप्ती सोनारी र नरैनापुरका केही ग्राहकले मिटर जडानका लागि आवेदन दिएर पनि प्राधिकरणले काम नगरिदिएको गुनासो गरिरहेका छ । यो केही हदसम्म सत्य पनि हो ।

गुणस्तरीय आपूर्ति

डिभिजन कार्यालयले विद्युतीकरण गर्न बाँकी क्षेत्रमा बत्ती बाल्ने र गुणस्तरीय आपूर्तिको सुनिश्चिततालाई एकसाथ अगाडि बढाइरहेको छ । बाँकेको धामपुर र दाङको अस्वारा ३३/११ केभी सबस्टेसनमा ६÷८ एमभिएका ट्रान्सफर्मर थप गरी क्षमता वृद्धि गरिएको छ । यसबाट, त्यस क्षेत्रमा विद्युत आपूर्ति एवं भोल्टेजमा सुधार आएको गौतमको दाबी छ ।

अस्वारा सबस्टेसनमा थोरै मात्र काम बाँकी रहेको हुँदा केही दिनभित्रै ट्रान्सफर्मर चार्ज हुने उनले बताए । यता, दाङकै दम्ती सबस्टेसन निर्माण भइसकेको र यहाँसम्म २२ किलोमिटर ३३ केभी लाइन निर्माण भइरहेको छ । यो सबस्टेसन र लाइन चार्ज भएपछि प्युठान, अर्घाखाँची, पाल्पा र रोल्पाको ट्रिपिङ समस्या समाधान हुने डिभिजन कार्यालयको दाबी छ ।

विद्युतीकरण सुधारका लागि प्युठानको रजवार र खवाङमा सबस्टेसन निर्माणको योजना अगाडि बढाइएको छ । यहाँ जिल्ला प्रशासन कार्यालयले मुआब्जा निर्धारणको काम अन्तिम चरणमा पुर्याएको छ । लालपुर्जा आएपछि प्राधिकरणले काम सुरु गर्ने गरी पूर्वतयारी भइरहेको पनि जनाइएको छ ।

बर्दियाको भुरिगाउँबाट गुलरियासम्म ३३ केभी लाइन निर्माण भइरहेको छ । यो लाइन निर्माण भएपछि बर्दियाको भोल्टेज समस्या र ट्रिपिङ अन्त्य हुने अपेक्षा गरिएको छ । अहिले बर्दियामा कोहोलपुरबाट आपूर्ति दिने गरिएको छ ।

माग बढ्दै/बढाउँदै

नेपालगन्ज डिभिजनले केही परिमाणमा भारतबाट आयातित, चमेलियाबाट उत्पादित तथा सुर्खेत, दैलेख लगायत ठाउँमा निजी क्षेत्रले निर्माण गरेका आयोजनाबाट उत्पादित विद्युत वितरण गर्दै आएको छ । यसले नपुगेको खण्डमा बुटवलबाट समेत आपूर्ति लिने गरिएको छ ।

डिभिजनका वितरण केन्द्रअन्तर्गत अहिले १९५ मेगावाटबराबरको लोड खपत भइरहेको छ । यस क्षेत्रमा गार्हस्थ वर्गले निकै कम विद्युत खपत गरिरहेको अवस्था छ । यस क्षेत्रमा रहेका अम्बे स्टिल, घोराही, सोना, सम्राट सिमेन्टले बढी विद्युत खपत गरिरहेको देखिन्छ ।

अम्बे स्टिलले आगामी फागुन १५ गतेसम्म अहिले खपत गरिरहेको बाहेक थप ३० एमभिए लोड थप्ने जानकारी गराएको छ । प्राधिकरणले यो परिमाणबराबरको विद्युत आपूर्ति दिने तयारी गरिरहेको गौतमले जानकारी दिए । यस्तै, कोहोलपुर–नेपालगन्ज टेलिस्कोपी पोल राखेर ३३ केभी र ११ केभी लाइन विस्तार गर्ने र यसले बढ्दो लोड व्यवस्थापनसँगै गुणस्तरीय आपूर्तिको पनि सुनिश्चितता गर्ने विश्वास छ ।

डिभिजनका अनुसार उता घोराही सिमेन्टले अहिले १७.५ एमभिएको लोड प्रयोग गरिरहेको छ । अब ३० एमभिए चाहिने भन्दै आवेदन प्राधिकरणमा आवेदन दिएको छ । यस क्षेत्रमा कुनै पनि उद्योगले चाहिएको र मागेको लोड प्राप्त नगरेको अवस्था नरहेको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit