विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशको विभिन्न ठाउँमा आफ्नो मातहतमा १५०० मेगावाटभन्दा बढी क्षमताको विद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको जनाएको छ । 

प्राधिकरणले देशमा गुणस्तरीय विद्युत सेवा दिने उदेश्यले १३२ आयोजना मार्फत उक्त मात्रामा विद्युत आपूर्ति गरेको हो । प्राधिकरणका अनुसार २०५७ देखि २०७९ सालसम्ममा निर्माण सम्पन्न गरेका यी आयोजनाहरुको कुल क्षमता १५३१ मेगावाट रहेको छ । 

यी आयोजनामध्ये १५०३ मेगावाटका १२६ जलविद्युत आयोजना र २८.४६ मेगवाटको ६ सौर्य आयोजनाको निर्माण सम्पन्न गरी सञ्चालनमा आएको प्राधिकरणको ‘विद्युत’ नामक पुस्तकमा उल्लेख गरिएको छ । 

प्राधिकरणले निर्माण सम्पन्न गरेका अयोजना मध्ये सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत अयोजना रहेको छ । यो आयोजनाको अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले निर्माण गरेको हो । 

त्यसैगरी, ६० मेगावाटको खिम्ती खोला जलविद्युत अयोजनाको हिमाल पावर लिमिटेडले, ५२.४ मेगावाटको लिखु–४ जलविद्युत अयोजनाको ग्रीन भेन्चर्स प्राइभेट लिमिटेडले र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाको सिनोहाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले  अध्ययन गरी निर्माण सम्पन्न गरेका छन् । 

यस्तै, सौर्य ऊर्जातर्फ धनुषा जिल्लामा निर्माण सम्पन्न भई सञ्चालनमा आएका १० मेगावाटको  मिथिला सौर्य ऊर्जा रहको छ । अन्य बाँकी आयोजनाको पनि निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit