विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माणमा ठेकेदार कम्पनीले चरम ढिलासुस्ती गरेको छ । आयोजनाको लट–३ को ठेकेदार मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन कम्पनीले विद्युतगृहदेखि चिलिमे हब सबस्टेसनसम्म १० किलोमिटर लामो प्रसारण लाइन निर्माणमा ढिलासुस्ती गरेको हो ।

ठेक्का सम्झौता भएको ४ वर्ष बितिसक्दा समेत ठेकेदार कम्पनीले प्रसारण लाइनको काम पूरा गर्न सकेको छैन । ठेक्का सम्झौता भएको मितिले १८ महिनाभित्रमा नै प्रसारण लाइन निर्माणको काम पूरा गरिसक्नु पर्ने हो । तर, ठेकेदारले ठेक्का सम्झौताअनुसार काम गरेको छैन ।

१८ महिनामा प्रसारण लाइन पूरा नभएपछि त्यस यता ६ पटक थपेको म्याद पनि गुज्रिसकेको छ । तर, ठेकेदारले अहिलेसम्म प्रसारण लाइनको एउटा टावर पनि ठड्याउन सकेको छैन ।

प्रसारण लाइनको रुटमा स्थानीय अवरोध कहिँ कतै नभए पनि ठेकेदारले काम नगरेको रसुवागढी आयोजनाका निर्माण व्यवस्थापक सत्यराम ज्याख्वाले बताए । ‘ठेकेदारको काम गर्ने शैलीप्रति हाम्रो तीव्र असन्तुष्टी छ,’ उनले ऊर्जा खबरसँग भने, ‘पटक–पटक म्याद थप्ने बाहेकको उपलब्धी प्रसारण लाइनमा देखिँदैन ।’

उनले ६ पटकको म्याद सकिँदा समेत प्रसारण लाइन तयार नभएपछि ७औं पटकको म्याद थपका लागि फेरि ठेकेदारले आवेदन दिएको बताए । प्रसारण लाइनमा ४ वर्षको प्रगति सुस्त छ । अहिलेसम्म प्रसारण लाइनको ३२ वटा टावरमध्ये १८ वटाको जग मात्रै खनिएको छ । ठेकेदारले प्रसारण लाइनको थप कामका आवश्यक उपकरण भारतबाट ल्याउन नसकेको पनि उनले आरोप लगाए ।

‘कहिले कामदार अभावले काम रोकिन्छ । कहिले दुर्गम ठाउँमा भयो भनेर बन्द गरिन्छ । ठेकेदारको लापरवाही र अटेरीपनले नियमित काम नहुँदा आयोजना तयार हुनजेलमा प्रसारण लाइन नबन्ने हो कि भन्ने चिन्ता बढेको छ’ उनले भने ।

ठेकेदारले कामदारलाई समयमा पारिश्रमिक भुक्तानी नगर्दासमेत त्यसको प्रभाव प्रसारण लाइनको काममा परिरहेको छ । समयमा भुक्तानी नपाएपछि कामदार काम छोडेर हिड्ने गरेका छन् । ४ वर्षअघि पहुँच सडक नभएको स्थानमा पनि काम गर्न तयार भएर उसले ठेक्का सम्झौता गरेको थियो ।

अहिले सबैतिर पहुँच सडक पुगिसके पनि निर्माणलाई गति दिन नसकेको ज्याख्वाले बताए । ठेकेदारले पछिल्लो पटक कोरोना (कोभिड–१९) महामारीको बहाना देखाएर काम गरेको छैन । 

‘ठेकेदारको कामको गति हेर्ने हो भने त ठेक्का सम्झौता नै रद्द गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सम्झौता तोडेर फेरि नयाँ प्रक्रियामा जाँदा धेरै समय लाग्ने हुँदा उसैलाई काम गराउनु पर्ने बाध्यता छ ।’ 

रसुवागढीको प्रगति

कोरोना (कोभिड–१९) महामारीको पहिलो लहरले लामो समय ठप्प रहेको आयोजनामा अहिले काम भइरहेको छ । करिब ८० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा अहिले लट–१ (सिभिल तथा हाइड्रोमेकानिकल) को ठेकेदारले काम गरिरहेको छ ।

चीन गएका कामदार फर्किन नसकेपछि नेपाली कामदार खटाएर निर्माण जारी राखिएको आयोजना प्रमुख छवि गैरेले बताए । १५० जना नेपाली र ४७ जना चिनियाँ कामदारले काम गरिरहेका छन् ।

अहिले सर्ज साफ्ट, निकास सुरुङ र बाँध क्षेत्रका संरचनाको काम भइरहेको पनि उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय रसुवासँगको समन्वयमा निर्माण सामाग्री ढुवानी गरिएको छ ।

आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको कामको गति भने सुस्त छ । कोरोना महामारीको पहिलो लहरमा २०७६ चैत ८ गतेदेखि नै ठप्प हुन पुगेको इलेकट्रोमेकानिकल उपकरण जडानको कामले गति लिन नसकेको हो ।

‘सबै प्रक्रिया पूरा गरेर भोइथ हाइड्रोका प्राविधिक तथा कामदार आउने तयारीमा थिए,’ उनले ऊर्जा खबरसँथ भने, ‘यही बेला फेरि दोस्रो लहरले दुवै देशमा निशेधाज्ञा लागेपछि उनीहरू उतै रोकिए ।’ डेढ वर्षदेखि काम प्रभावित भएपछि नेपाली विज्ञ तथा प्राविधिक लगेर काम गराउन दवाव दिएको पनि उनले बताए ।

आयोजना व्यवस्थापन पक्षको दवावपछि लट–२ को ठेकेदार भोइथ हाइड्रो (भारत)  स्वदेशी विज्ञ तथा प्राविधिकको सहयोगमा काम गर्न तयार भएको छ । उसले ३२ जनाको नामावली आयोजनाको व्यवस्थापकलाई बुझाएको छ । भूकम्प, नाकाबन्दी, बाढी, पहिरो हुँदै कोरोना महामारीबाट प्रभावित आयोजना अबको १ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । 

आगामी आर्थिक वर्षको असार मसान्तभित्र आयोजनाबाट विद्युत उत्पादन गरिनेछ । उत्पादन हुने विद्युत चिलिमे हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

याे पनि पढ्नुहाेसः रसुवागढीको निर्माण ७ वर्षमा ८० प्रतिशत, अब प्रसारण लाइनले थला पार्दै

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit