विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सिराहाकाे लहान, कन्चनपुरकाे बजार, गड्डाचौकी तथा दोधारा चाँदनी सबस्टेसन बन्द गर्ने भएकाे छ । फिडरकाे मर्मत तथा स्तराेन्नित गर्न शनिबार सबस्टेसन बन्द गर्न लागिएकाे हाे ।

कन्चनपुरस्थित ३३ केभी बजार, गड्डाचौकी र दोधारा चाँदनी सबस्टेसनकाे सेवा ५ घन्टाका लागि अवरुद्ध हुने प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जनाएकाे छ । वितरण केन्द्रका अनुसार सबस्टेसनबाट सञ्चालन हुने फिडरमा विद्युतीय पोल थप  गर्न तथा जीर्ण पाेल बदली गर्न बिहान ११ बजेदेखि दिउँसाे ४ बजेसम्म सबस्टेसन बन्द गरिनेछ । 

बजार सबस्टेसनको लाइटिङ एरेष्टर एवं पि.टी तथा दोधारा चादँनीमा पोल थप एवं बदली गरिने भएकाे छ । सबस्टेसन बन्द हुँदा  सम्पूर्ण ११ केभी फिडरबाट वितरण हुने महेन्द्रनगर क्षेत्रकाे विद्युत सेवा  प्रभावित हुनेछ । अवरुद्ध सेवा ४ बजेबाट सुचारु हुनेछ ।

लहान सबस्टेसन पनि ६ घण्टा बन्द हुने

२२ केभी लहान सबस्टेसन पनि ६ घण्टाका लागि बन्द हुने भएको छ । सबस्टेसनमा रहेको ३३ केभी टुइन कन्डक्टर बस बारको कन्डक्टर बदली गर्नुपर्ने भएकोले सबस्टेसन बन्द गर्न लागिएको हो । शनिबार बिहान १० बजेदेखि सबस्टेसनका बन्द गरेर कन्डक्टर बदली गरिने भएकाे छ । सबस्टेसन बन्द हुँदा यहाँ जाेडिएका सबै फिडरकाे विद्युत सेवा अवरुद्ध हुनेछ । सबस्टेसन सञ्चालन भएपछि ४ बजेबाट अवरुद्व सेवा सुचारु हुनेछ ।

 लहान सबस्टेसन बन्द हुँदा यस यहाँ जाेडिएका ११ केभी फिडरबाट विद्युत वितरण भएकाे क्षेत्रकाे सेवा प्रभावित हुनेछ । तोकिएको सयमअगावै काम सम्पन्न भए छिट्टै सेवा सुचारु गरिने प्राधिकरणले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit