विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १ सय ५२ प्रसारण लाइन आयोजनाले निर्माण अनुमति पाएका छन् । विद्युत विकास विभागले अहिलेसम्म ४ सय केभीदेखि ३३ केभी क्षमताका प्रसारण लाइन आयोजनाको निर्माण अनुमतिपत्र दिएको हो ।

निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माणमा जाने आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले सरकार तथा निजी क्षेत्रले प्रसारण लाइन आयोजना निर्माण गर्न अनुमतिपत्र लिएको विभागले जनाएको छ । विभागका अनुसार अनुमतिपत्र जारी भएका प्रसारण लाइनको क्षमता ४ सय केभी, २ सय २० केभी, १ सय ३२ केभी, ६६ केभी र ३३ केभी छ ।

अनुमति पाएकामध्ये ४ सय केभी क्षमताका ४ प्रसारण लाइन छन् । ढल्केबर–बित्तामोड, हेटाडा–ढल्केबर–इनरुवा, तामाकोसी–काठमाडौं, अरुण–३ रहेका छन् । हेटौंडा–ढल्केबर–इनरुवा डबल सर्किट प्रसारण लाइन आयोजना अहिले निर्माणाधीन छ । मकवानपुरको हेटौंडादेखि सुनसरीको इनरुवासम्म २ सय ८५ किलोमिटर लामो प्रसारण लाइन आयोजना निर्माण भइरहेको हो । प्रसारण लाइनअन्तर्गत ७ सय ९२ वटा टावर निर्माण हुनेछन् । 

तामाकोसी–काठमाडौं प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोकलगायत जिल्लामा उत्पादन हुने विद्युत काठमाडौं ल्याउन यो प्रसारण लाइन आयोजना निर्माण भइरहेको हो ।  यो प्रसारण लाइन निर्माण गर्न २०७४ कात्तिक २७ गते अनुमतिपत्र दिइएको थियो । सय किलोमिटर लामो प्रसारण लाइन पूरा भएपछि करिब ५ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ । 

भारतीय लगानीमा निर्माणाधीन ९ सय मेगावाटको अरुण–३ जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न ४ सय केभी प्रसारण लाइन निर्माण हुँदैछ । २ सय १७ किलोमिटर लामो प्रसारण लाइन आयोजना निर्माण गर्न विभागले २०७५ माघ २७ गते अनुमतिपत्र दिएको छ । यही प्रसारण लाइनमार्फत अरुण–३ ले उत्पादन गरेको विद्युत भारत जानेछ ।

यस्तै, २ सय २० केभी क्षमताका १८ प्रसारण लाइन आयोजनाको निर्माण अनुमतिपत्र जारी भएको छ । १ सय ३२ केभी क्षमताका ७५, ६६ केभी क्षमताका ५ र ३३ केभी क्षमताका ५० प्रसारण लाइन आयोजनाको निर्माण अनुमतिपत्र जारी गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३