विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रशासन र लेखातर्फका गरी १४३ जना कर्मचारीको सरुवा गरेको छ । कात्तिक २९ गते भएको निर्णयअनुसार १० तह (सह–निर्देशक) देखि ४ तहसम्मका कर्मचारीको सरुवा गरिएको हो ।

लेखातर्फ २ जना सह–निर्देशक सहित ७४ जनाको सरुवा गरिएको छ । सरुवा हुनेमा गण्डकी प्रादेशिक कार्यालय पोखरामा कार्यरत खिमानन्द चौधरी र अर्थ महाशाखामा कार्यरत भरतकुमार पौडेलको सरुवा गरिएको छ । चौधरीलाई वित्तीय योजना तथा लगानी महाशाखा र पौडेललाई अवकास कोष व्यवस्थापन महाशाखामा सरुवा गरिएको प्राधिकरणले जनाएको छ । 

यस्तै, लेखातर्फ नै ९ तह का वरिष्ठ चार्टड एकाउन्टेन्ट तीर्थराज न्यौपाने, उप–निर्देशकहरू अशोककुमार थापा, तोमलाल सुवेदी, दिनेशकुमार श्रेष्ठ, नारायणप्रसाद धिताल, रत्नकुमार श्रेष्ठ, र साधव भण्डारीको सरुवा भएको छ ।

लेखातर्फकै सरुवा हुने ८ तह (सहासक निर्देशक) का ५ जना कर्मचारी छन् । जनकप्रसाद दाहाल, टिकादत्त ढकाल, धनदत्त बजगाईं, रमेश खड्का र हरिओम अर्यालको सरुवा गरिएको छ । १० जना ७ तहका, १५ जना ६ तहका, ३२ जना ५ तह र ३ जना ४ तहका कर्मचारी विभिन्न कार्यालयमा सरुवा भएका छन् ।

प्राधिकरणका अनुसार प्रशासनतर्फ ६९ कर्मचारीको सरुवा गरिएको छ । जसमा २ जना उप– निर्देशक (९ तह) छन् । सरुवा हुने उप–निर्देशकमा जमुनाकुमारी खड्का छिन् । उनलाई योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयबाट उत्पादन निर्देशनालयमा सरुवा गरिएको छ ।

अर्का उप–निर्देशक लिलाकुमारी अर्याललाई बागमति प्रादेशिक कार्यालय काठमाडौं प्रशासनबाट पदपूर्ति विभागमा सरुवा गरिएको छ । ८ तह (सहायक निर्देशक) का अनिता सुवेदी र श्री रामप्रसाद पोखरेलको पनि सरुवा गरिएको छ ।

जनसम्पर्क तथा गुनासो व्यवस्थापन शाखामा कार्यरत सुवेदीलाई बागमति प्रादेशिक कार्यालय र पोखरेललाई बागमति प्रदेश, प्रदेश डिभिजन कार्यालय हेटौंडाबाट लुम्बिनी प्रादेशिक कार्यालय बुटवलमा सरुवा गरिएको प्राधिकरणले जनाएको छ ।

यस्तै, ७ तह (प्रशासकीय अधिकृत) ११ जनाको सरुवा गरिएको छ । सरुवा हुने ६ तह (सहायक प्रशासकीय अधिकृत) १४ जना, ५ तहका ३५ जना र ४ तहका ५ जनाको सरुवा गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले एउटै कार्यालयमा २ वर्ष अवधि पूरा गरेका कर्मचारीको नियमितरूपमा सरुवा गर्ने गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit