विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लामो समयसम्म विद्युत् महसुल नबुझाउने गण्डकी प्रदेशका १२ सरकारी कार्यालयको लाइन काटेको छ । प्राधिकरणको पोखरा वितरण केन्द्रले बारम्बार ताकेता गर्दा पनि बक्यौता महसुल बुझाउन अटेर गरेपछि लाइन काटेको हो ।

केन्द्रले ६० दिनभन्दा बढी बक्यौता भएका ग्राहकको लाइन काट्ने कामलाई द्रुत गतिमा अघि बढाएको छ । बुधबार मात्र १० वटा सरकारी कार्यालयको विद्युत् लाइन काटेको केन्द्र प्रमुख राजिवकुमार सिंहले बताए ।

‘बुधबार पोखरास्थित मन्त्रालयहरूकै लाइन काटिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘भौतिक पूर्वाधार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले करिब १ लाख ५३ हजार रुपैयाँ बक्यौता नबुझाएपछि लाइन काटिएको छ ।’

यसैगरी, प्रादेशिक कृषि निर्देशनालयले २३ हजार ३४१, भूमि व्यवस्थापन एसिएमले ६२ हजार २३५, प्रादेशिक पशुरोग निदान विभागले ५० हजार ९१३, फेवाताल जलाधार आयोजनाले ७६ हजार ६८९, विजयपुर बेगनास ताल सिँचाइ कार्यालयले १७ हजार ८६९ र प्रादेशिक शिक्षा निर्देशनालयले करिब ५६ हजार रुपैयाँ महसुल नबुझाएपछि लाइन काटिएको सिंहले बताए ।

बिहीबार पनि आन्तरिक राजस्व कार्यालय र जलाधार कार्यालयको लाइन कटौति गरेको छ । लाइन काटिएकामध्ये ३ सरकारी कार्यालयले १ लाख ५९ हजार २९९ रुपैयाँ बँक्यौता बुझाएपछि उनीहरूको लाइन पुन जोडिएको छ । बाँकीले पनि महसुल बुझाएपछि लाइन पुनः जोडिनेछ ।

यसैगरी, कारागार कार्यालय कास्कीको पनि लाइन काट्ने तयारी भइरहेको सिंहले बताए । कारागारले करिब साढे १९ लाख रुपैयाँ विद्युत् महसुल बक्यौता बुझाउन बाँकी छ । केही दिनअघि नै लाइन काट्ने तयारी गरिए पनि कारागारले थप समय मागेपछि एक साता समय दिइएको छ । आइतबारसम्म महसुल नबुझाए लाइन काटिने उनले जानकारी दिए ।

केन्द्रले बुधबार मात्र १६१ ग्राहकको लाइन काटेको थियो । उनीहरूले १९ लाख ७५ हजार ७६५ रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । लाइन काटिएकामध्ये ८५ जनाले जरिवानासहित ११ लाख १५ हजार ६८७ रुपैयाँ बुझाएपछि लाइन पुनः जोडिएको छ ।

नेपालमा विद्युत सेवा उपभोग गर्ने सर्वसाधारणले ६० दिनभन्दा बढी महसुल बक्यौता राख्नासाथ लाइन काटिने गरेको भएपनि सरकारकै कार्यालयहरूले भने लामो समय बक्यौता राख्ने गरेका छन् । पछिल्लो  समय प्राधिकरणले बक्यौता महसुल उठाउने कार्यलाई तदारुकताका साथ अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit