विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

खोटाङ । खोटाङमा कुल घरधुरी संख्याको आधामा पनि केन्द्रीय प्रसारण लाइनको विद्युत पुग्न सकेको छैन । राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा ४२ हजार ६ सय ६४ घरधुरी रहेका छन् । जसमध्ये माघ ८ गतेसम्मको तथ्यांक ४८ दशमलव ७३ प्रतिशत अर्थात् र २० हजार ७ सय ८९ घरधुरीमा मात्र केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा १० स्थानीय तह रहेका छन् । १० वटा स्थानीय तहका कार्यालयमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगिसकेको छ भने कतिपय वडा कार्यलयमा अहिलेसम्म विद्युत पुगेको छैन ।

जिल्लाको रावाबेंसी गाउँपालिकामा सबैभन्दा धेरै घरधुरीमा विद्युत विस्तार भएको छ । गाउँपालिकाको वडा नम्बर ३ लामीडाँडाका केही घरधुरीमा मात्र विद्युत विस्तार हुन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर–९ निर्मलीडाँडाका केही घरधुरीमा र वडा नम्बर–१० पाथेकामा विद्युत विस्तार हुन बाँकी रहेको र विस्तारको काम धमाधम भइरहेको उनको भनाइ छ ।

यस्तै हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिकाका अधिकांश घरधुरीमा विद्युत पुगेको छ भने नपुगेका घरमा विस्तार गर्ने काम भइरहेको छ । ऐंसेलुखर्क र खोटेहाङ गाउँपालिकाका करिब आधा घरधुरीमा मात्र विद्युत पुगेको छ । केपिलासगढी, जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका केही भू–भागमा मात्र विद्युत विस्तार भएको रेग्मीले बताए ।

रेग्मीका अनुसार जिल्लाका सबै घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गर्ने गरी नयाँ योजनाको काम सुरु हुने प्रक्रियामा छ भने केही ठाउँमा विद्युत विस्तार कार्य भइरहेको छ । जिल्लाका सबै घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुग्न भने अझै तीन वर्ष लाग्न सक्ने उनको अनुमान छ ।

हालसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत नपुगेका अधिकांश ठाउँमा स्थानीय हाइड्रोपावरमार्फत उत्पादित विद्युत नागरिकलले प्रयोग गर्दै आएका छन् । केही ठाउँमा अझै पनि नागरिक सोलार बत्ती प्रयोग गर्न बाध्य छन् ।

विद्युत खपतभन्दा बढी शुल्क लिएको गुनासो
खपत भएको भन्दा धेरै बिल देखाएको र सम्बन्धित घरमा नपुगी एक ठाउँमा बसेर ४-५ महिनाको मिटर रिडिङ एकै पटक गर्दा केन्द्रीय विद्युत प्रयोगकर्ता मारमा परेको भन्दै उपोक्ताले गुनासो गरेका छन् । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रेग्मीले भने कोरोनाका कारण नियमित मिटर रिडिङ गर्न समस्या भएको बताए ।

मिटर रिडिङ गर्ने कर्मचारीले त्यस्तो कमजोरी गरेको भए उपभोक्ताले जिल्लामा सम्पर्क गर्न सक्ने रेग्मीले बताए । जिल्लामा पूूर्व जानकारी बिना बेलाबेलामा झ्याप्प झ्याप्प विद्युत जाँदा उपभोक्ता मारमा पर्ने गरेका छन् । लामो दूरी भएकाले बीचमा रुख ढलेर विद्युतको तार चुँडिने, रुखका हाँगाहरूले तारमा छुँदा फ्युज झर्नेलगायतका समस्याले गर्दा यसो हुने गरेको रेग्मीको भनाइ छ ।

१०.६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा
खोटाङबाट १०.६ मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । जिल्लाको साप्सुखोला जलविद्युत आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाइड्रोपावर गरी तीन वटा आयोजनाबाट उत्पादित १०.६ मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।

कारोबार दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit