विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

जुम्ला । कर्णाली प्रदेशका ३ जिल्लामा अहिलेसम्म विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । पछिल्लो समय कर्णालीका कालिकोट र जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि मुगु, डोल्पा र हुम्लामा लाइन जोडिएको छैन । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय कर्णाली प्रदेशका अनुसार सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, कालिकोट र जुम्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ ।

हुम्ला, मुगुु र डोल्पामा ३३–११ केभिए सबस्टेसन र ३३ केभिए लाइन निर्माणाधीन छ । सबै जिल्लाका राष्ट्रिय प्रसारण लाइन नपुगेको ठाउँमा ११ केभिए लाइन, एलटी लाइन र ट्रान्सफर्मर बन्दै छन् ।  प्रसारण लाइन पुगिसकेका अरू जिल्लाका ग्रामीण भेगमा पनि ११ र ३३ केभिएका प्रसारण लाइन निर्माण भइरहेको कार्यालयले जनाएको छ ।

कर्णालीका सात जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि विद्युत् उपभोग गर्नेको संख्या बढेको छ । राष्ट्रिय प्रसारण लाइनका साथसाथै साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् उपयोग गर्ने घरधुरीको संख्या प्रदेशमा हालसम्म ४३ प्रतिशत रहेको प्राधिकरणले बताएको छ । 

प्रदेश कार्यालय प्रमुख सुरेन्द्र अग्रहरीले ४३ दशमलव ८७ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेको बताए । कार्यालयका अनुसार रुकुम पश्चिममा ७५ दशमलव २ प्रतिशत, सल्यानमा ५२ दशमलव ८८ प्रतिशत र सुर्खेतमा ४८ दशमलव १६ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेका छन् ।

दैलेखमा ४८ दशमलव ७३ प्रतिशत, जाजरकोटमा १६ दशमलव १५, डोल्पामा २१ दशमलव ९ प्रतिशत र जुम्लामा १९ दशमलव ३ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेका छन् ।कालिकोटमा ४३ दशमलव ५७ प्रतिशत, मुगुमा १९ दशमलव ६४ प्रतिशत र हुम्लामा २९ दशमलव ६९ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेका छन् । कर्णालीमा अझै पनि ५७ प्रतिशत नागरिक विद्युत्को पहुँचबाहिरै छन् । सहरी इलाकामा विद्युत् पहुँच बढी भए पनि ग्रामीण भेगका नागरिक अझै अन्धकारमै बस्न बाध्य छन् ।

ग्रामीण भेगमा वैकल्पिक ऊर्जा, टुकी, दियालो बाल्ने गरिन्छ । कर्णाली वैकल्पिक ऊर्जाको योगदान ३९ प्रतिशत छ । ऊर्जा उत्पादनको पर्याप्त सम्भावना भए पनि लगानी नहुँदा कर्णालीका नागरिक विद्युत् पहुँचभन्दा बाहिर रहनुपरेको हो । प्रदेशमा १८ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने सरकारी तथ्यांक भए पनि दर्जनौँ आयोजना होल्डमा छन् । कतिपयले विद्युत् उत्पादनको इजाजतपत्र लिएर निर्माण गरेका छैनन् । 

केही जिल्लामा सरकारी लगानीमा लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । कार्यालयको तथ्यांकअनुसार हुुम्लामा पाँच सय किलोवाट, मुगुमा पाँच किलोवाट, कालिकोटमा चार सय किलोवाट, जुम्ला एवं डोल्पामा २÷२ सय किलोवाट र रुकुम पश्चिममा १२० किलोवाट विद्युत् उत्पादन भइरहेको छ ।

नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३