विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

गाेरखा । गोरखाको धार्चे गाउँपालिका–७ मा रहेको नौलीखोला तेस्रो लघुजलविद्युत‍् आयोजना पुनर्निर्माण तथा मर्मतमा भ्रष्टाचार भएको पाइएको छ । पुनर्निर्माणको अनुगमन नै नगरी १० लाख ६३ हजार रुपैयाँ बढी भुक्तानी दिइएको पाइएपछि अख्तियारले सोमबार धार्चे गाउँपालिका– ७ का वडाध्यक्ष, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र उपभोक्ता समितिका पदाधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले १० लाख ६३ हजार ५० रुपैयाँ बिगो कायम गरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे, इन्जिनियर प्रवीन वस्ती र सबइन्जिनियर रामनारायण चौधरी तथा उपभोक्ता समितिका अध्यक्ष दमाई गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङ तथा वडा नम्बर ७ का वडाध्यक्ष सूर्यमान गुरुङविरुद्ध मुद्दा चलाएको हो । 

पाण्डे, वस्ती र चौधरीले झुटा बिल भरपाई सदर गरेको, अनुगमन नै नगरी गलत नापी किताब प्रतिवेदन तयार गरी बढी रकम भुक्तान गरेको आरोप छ । उपभोक्ता समितिका पदाधिकारीले प्राविधिकसमेतको मिलेमतोमा कामभन्दा बढी मूल्यांकन गर्न लगाएकोे झुटा बिल भरपाई बनाएको र कामै नभई सम्पन्न भनेर प्रतिवेदन तयार गरेको आरोप अख्तियारको छ । 

वडाध्यक्ष एवं वडास्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिका अध्यक्ष गुरुङले आफ्नो वडाभित्रका योजनाको अनुगमन÷सुपरिवेक्षण गरी भए गरेका कार्यको मात्र भुक्तानीका लागि सिफारिस गर्नुपर्दथ्यो । तर, उनले उपभोक्ता समितिका अध्यक्ष र प्राविधिकसमेतको मिलेमतोमा गलत अनुगमन प्रतिवेदन गर्न लगाई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । सातजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ अनुसर मुद्दा दायर गरिएको अख्तियारका सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए । 

नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit