विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

 

जाजरकाेट। डिपिआर निर्माणमा ढिलाइ भएपछि नलगाड जलविद्युत् आयोजनामा खटिएको नेपाली सेनाको टोली फिर्ता हुन लागेको छ । डिपिआर निर्माणका क्रममा विस्फोटको जिम्मा सेनालाई दिइएको थियो । 

आयोजनामा सम्झौताअनुसार काम नभएको र सेनालाई दिनुपर्ने भुक्तानी पनि नदिएकाले छोड्न लागेको हो । सेनासँग दुई वर्षका लागि सम्झौता भएको थियो । सम्झौताको म्याद सकिएको छ । 

त्यस्तै, यसका लागि सेनासँग ५८ लाख रुपैयाँमा सम्झौता भएको थियो । तर, डिपिआरको जिम्मा पाएका अन्तर्राष्ट्रिय कम्पनीहरू स्मेक र एमडब्लुएच तथा स्वदेशी कम्पनी उदय कन्सलट्यान्टले सम्झौताअनुसारको भुक्तानी नगरेको सेनाले जनाएको छ । अहिलेसम्म सेनालाई १५ लाख मात्रै दिएको छ भने ४३ लाख भुक्तानी गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । 

यस्तै, दैनिक कामबारे छलफल गर्न खोज्दा कोही पनि सम्पर्कमा नआएको सेनाले जनाएको छ । अहिले आयोजना स्थलमा खटिएको सेनालाई व्यवस्थापनको काम पनि गरेको छैन । 

नलगाड जलविद्युत् आयोजनाको डिपिआर निर्माणका लागि तेस्रोपटक म्याद थप्न प्रस्ताव गरिएको छ । डिपिआर तयारीको जिम्मा पाएको अस्ट्रेलियन कम्पनी स्मेकका प्रतिनिधि बाबुराम भारद्वाज र रेशम ढकालले डिपिआरको काम करिब ८५ प्रतिशत सकिएको र बाँकी कामका लागि समय थप्नुपर्ने माग गरेका छन् । उनीहरूले १२ सेप्टेम्बर, २०२१ सम्मको समय मागेका छन् । 

सन् २०१६ मा तीन वर्षमा डिपिआर सक्ने गरी नलगाड जलविद्युत् आयोजना र तीन कम्पनीबीच सम्झौता भएको थियो । यसअघि पनि सन् २०१९ अगस्टमा तीन महिना र त्यसपछि नौ महिना म्याद थपिएको थियो । 

नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३