विद्युत अपडेट

  • प्राधिकरण : ८२५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १०९०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६३५३ मे.वा.घन्टा
  • आयात : २९९५ मे.वा.घन्टा
  • निर्यात : ३८५९ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४८५३६ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २२७८ मे.वा.
२०८२ जेठ २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हिजो सोमबार अर्थात् जेठ ११ गते भारतको ऊर्जा विनिमय बजार (आइइएक्स) को रियल टाइम बजार (आरटिएम) बाट अहिलेसम्मकै सबैभन्दा सस्तो दरमा बिजुली किनेको छ ।

प्राधिकरणले उक्त बजारबाट दिउँसोको समयमा प्रतिमेगावाट घन्टा सरदर ७२ पैसा भारु (१.१५ नेरु) मा बिजुली खरिद गरेको हो । यसको आधारमा प्रतियुनिट खरिद दर करिब १ पैसा हुन आउँछ । प्राधिकरणका अनुसार सस्तो दर भएको अवसर सदुपयोग गर्दै यस दिन ३८४० मेगावाट घन्टा बिजुली खरिद गरिएको छ । सोही दिन बेलुका प्रतियुनिट भारु ६.६० (१०.५६ नेरु) मा ५२७.५ मेगावाट घन्टा बिजुली भारत निर्यात गरिएको छ ।

गत साता (जेठ ३ देखि १० गते) प्राधिकरणले २७,६४५.९४७ मेगावाट घन्टा ऊर्जा प्रतियुनिट औसत ३.३७ रुपैयाँमा आयात गरेको थियो । यस्तै, प्रतियुनिट ५.१५ रुपैयाँमा ८,४१७.५२५ मेगावाट घन्टा ऊर्जा भारततर्फ निर्यात गरेको थियो ।

अल्पकालीन समयलाई हेर्दा नेपालले रणनीतिकरूपमा आयातभन्दा उच्च दरमा ऊर्जा व्यापार गर्न सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । 'यस उपलब्धिको प्रमुख कारण प्राधिकरणसँगका केही जलाशय र आंशिकजलाशय  जलविद्युत् आयोजना नै हुन्,' उनले भने, 'दिउँसोको समय अर्थात् सोलार आवरमा दर सस्तो हुँदा आयात गरी जलाशय र आंशिकजलाशय जलाशाय आयोजनामा पानी  भरिएको थियो ।'

जलाशय र आंशिकजलाशय आयोजनालाई गैर-सौर्य वा उच्च माग हुने समयमा प्रयोग गर्दा विद्युत् माग र आपूर्तिबीच सन्तुलन मिलाउन सजिलो भएको शाक्यको भनाइ छ ।

भारतले सन् २०३० सम्म करिब ५ लाख मेगावाट बराबरको सौर्य तथा वायु ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । भारतमा बढ्दो सौर्य तथा वायु ऊर्जाको उत्पादनसँगै नेपालसामु ठुलो अवसर हुन सक्ने सम्भावना देखिन्छ । त्यसका लागि पम्प स्टोरेज परियोजना (पिएसपी) र ब्याट्री ऊर्जा भण्डारण प्रणाली प्रभावकारी समाधान हुन सक्ने देखिएको छ ।

दिउँसोको समयमा बिजुली सस्तो हुँदा आयात गरी जलाशय र आंशिकजलाशय आयोजनामा पानी भर्ने तथा ब्याट्री ऊर्जा भण्डारण प्रणालीमा ब्याट्री चार्ज गर्न सकिने प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए । 'अहिलेकै अवस्था रहे बेलुका उच्चतम माग भएको समयमा आन्तरिक आपूर्ति गर्ने र बढी भएको बिजुली उच्च दरमा निर्यात गर्न सकिन्छ,' उनले भने, 'नेपालमा केही पिएसपी आयोजना अध्ययन चरणमा छन् भने नयाँ नयाँ प्रविधिको खोज अनुसन्धान भइरहेको छ ।'

नेपालको हकमा विद्युत् प्रणालीमा पम्प स्टोरेज आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणाली अपरिहार्य रहेको ढकालले बताए । सही योजना, प्रविधि समायोजन र दिगो सोचले नेपाल विद्युत् व्यापारको माध्यमबाट मात्र नभई ऊर्जा सुरक्षामा पनि आत्मनिर्भर बन्न सक्ने उनको भनाइ छ ।

प्राधिकरणले भारतीय आइइएक्सको डे अ हेड ऊर्जा बजारबाट पहिलो पटक सन् २०२१ को मे र रियल टाईम बजारबाट सन् २०२३ को अक्टोबर महिनादेखि बिजुली खरिद-बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३