विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

स्याङ्जा । करिब ४ लाख जनसंख्या रहेको स्याङ्जा जिल्लामा नेपाल विद्युत् प्राधिकरण, बिपिसी तथा सामुदायिक संस्थामार्फत शतप्रतिशत नै विद्युतीकरण गरिएको छ । सबै घरधुरीमा विद्युत्को पहुँच पुर्याएपछि अब गुणस्तरीय आपूर्तिमा जोड दिइएको छ ।

स्याङ्जामा प्राधिकरणसँगै बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडले पनि विद्युतीकरणको काम गर्दै आएको छ । बिपिसीले निर्माण गरेको ९.४ मेगावाटको आँधीखोलाको विद्युत् स्याङ्जाका वालिङ र भीरकोट नगरपालिका तथा पाल्पा र गुल्मीका केही क्षेत्रमा वितरण हुने गरेको छ ।

बिपिसी र प्राधिकरण दुवैको पहलबाट जिल्लालाई पूर्ण विद्युतीकरण गरिएको स्याङ्जा वितरण केन्द्रका प्रमुख दीलिप मरासिनीले बताए । ‘विद्युतीकरणसँगै अब गुणस्तरीय आपूर्तिमा हामीले ध्यान दिएका छौं । यद्यपि, पछिल्लो समय आपूर्तिमा समस्या आएको गुनासो आएको छैन,’ उनले भने, ‘समस्या देखिएका ठाउँमा पनि हामीले तत्कालै त्यसको समाधान गर्ने गरेका छौं ।’

मग्याम चिसापानी क्षेत्रमा रहेका ५८ किलोवाट र ४४ किलोवाटका लघुजलविद्युत्को विद्युत् केन्द्रीय प्रणालीमा जोड्ने तयारी भइरहेको मरासिनीले जानकारी दिए । उनका अनुसार ५८ किलोवाटको आयोजना कास्कीको लेखनाथ सबस्टेसनबाट ग्रिडमा जोडिएको छ । यस्तै, ४४ किलोवाटलाई स्याङ्जातर्फ जोड्ने तयारी भइरहेको छ ।

दुवै आयोजनाको विद्युत् ग्रिडमा जोडिएपछि विद्युतको उपलब्धता र आपूर्तिमा थप सुधार हुने केन्द्रको विश्वास छ । आपूर्तिमा सुधार गर्दै चालू आर्थिक वर्षमा विद्युत् चुहावट १०.४६ प्रतिशतमा झार्ने केन्द्रको लक्ष्य छ । हाल चुहावट करिब ११ प्रतिशत रहेको जनाइएको छ ।

पछिल्लो समय मिर्मीस्थित ३ एमभिएको ट्रान्सफर्मर रहेको सबस्टेसन ६/८ एमभिएमा स्तरोन्नती गरेपछि कालीगण्डकी गाउँपालिका क्षेत्रको विद्युत् आपूर्तिमा निकै सुधार आएको छ । जुन काम पछिल्लो १० वर्षदेखि हुन सकेको थिएन ।

जिल्लामा बिपिसीको बाहेक प्राधिकरणले आपूर्ति गर्ने विद्युत्को लोड अर्थात् माग करिब १३ एमभिएबराबरको छ । सबस्टेसनको क्षमता पनि पर्याप्त रहेको हुँदा विद्युत् प्रवाहमा कुनै समस्या नरहेको तर पहाडी जिल्ला भएको हुँदा दैनिक काम तथा समस्या देखिएका ठाउँमा भनेकै समस्या पुग्न नसकिएको मरासिनीको भनाइ छ ।

कामका लागि पहाडी जिल्लामा जान आवश्यक सवारी अर्थात् गाडी नरहेको हुँदा पनि गाउँगाउँमा पुगेर प्रणाली स्तरोन्नती गर्न समय लाग्ने गरेको उनले बताए । प्राधिकरणले अहिले राङखोला, बाढखोला र मिर्मी सबस्टेसनबाट विद्युत् प्रवाह गरिरहेको छ ।

यसैगरी, प्राधिकरणसँग विद्युत् किनेर सामुदायिक संस्थाले पनि केही क्षेत्रमा आपूर्ति गरिरहेका छन् । वालिङ नगरपालिका अन्तर्गत माझकोट मनकामना सामुदायिक संस्था र विरुवा गाउँपालिका अन्तर्गतका केही क्षेत्रमा सामुदायिक संस्थाले विद्युत् बाँडिरहेका छन् ।

जिल्लामा प्राधिकरणका २८ हजार र सामुदायिकका १२ हजार ग्राहक छन् । यस्तै, विपिसीका करिब ३४ हजार ग्राहक रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit