विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । केही वर्षभित्रै विद्युत् छ्यालब्याल हुने आकलन गरिएको छ ।  तर्कवितर्क हुँदै गर्लान् । विद्युत् खपत कुन-कुन क्षेत्रलाई अत्यावश्यक छ, त्यो चर्चा गरौं । यातायात, रोपवे, केबलकार, विद्युतीय बस, ट्रलीबस, मेट्रो वा मोनोरेल, लामो दूरीकाे रेल, कार, ट्याक्सी, सडकको प्रकृति अनुरूप स्कूटर, मोटरसाइकल, पोडकार, सडक बत्ती, ट्राफिक संकेतका लागि बत्तिहरूका लागि मेगावाट स्केलमा आवश्यक हुन्छ ।

कृषि क्षेत्र : पानी तान्ने पम्प, कोल्ड स्टोरेज लगायत कुट्ने, पिस्ने, पेल्ने जस्ता खाद्ध पदार्थ तयार पार्ने कामका लागि मेगावाट स्केलमा आवश्यक हुन्छ ।

पर्यटन : तारे होटेल, रेष्टुरेन्ट, रिसोर्टका लागि मेगावाट स्केलमा आवश्यक हुन्छ

सुचना तथा सञ्चार : टेलिकम, रेडियाे, टिभी ब्रोडकास्टिङ स्टेशन, इन्टरनेटका लागि मेगावाट स्केलमा आवश्यक हुन्छ।

घरायसी उपकरणहरु : बत्तिहरु (बल्ब, ट्युबलाइट्स), चुल्हो, पन्खा, एयरकन्डिश्निङ मेशिन, ग्राइन्डर, वाशिङ मेशीन, आईरन, कम्प्युटर, माइक्रोवेभ ओभन, इलेक्ट्रिक केट्ली, रेफ्रिजरेटर, मिक्स्चर, टिभी, टोष्टर, ट्रिमर आदिमा ।

आर्थिक हैसियत बृद्धि हुँदै जाँदा आवश्यक उपकरणहरू : भाडा धुने मेशिन, कफी मेकर, एलेक्ट्रिक फाएरप्लेस, हेयर ड्राएर, भ्याकुम क्लिनर, भ्याकुम क्लिनर, गिजर, एयर प्युरिफायर, ब्लेन्डर, वाटर प्युरिफायर, फुड प्रोसेसर, जुसर आदिमा ।

अब समस्याको जडमा जाऔं

जसरी हामी धुम्रपान र मद्धपान स्वास्थ्यका लागि हानिकारक छ ठिक त्यसरी नै पेट्रोलियम पदार्थको प्रयोग पनि वातावरणका लागि हानिकारक छ । तर, पूर्णरूपमा पेट्रोलियम पदार्थको विकल्प नहुन सक्छ । न्यूनिकरण गर्न सके विश्वमा नमुना बन्न सक्छ।

हुम्ला जुम्लामा स्याउ महङ्गो हुँदैन तर ढुवानी जोखिम र कष्टकर हुँदा मुलबजारसम्म आइपुग्दा आयातित स्याउको मूल्यसँग झन्डै झन्डै बराबर हुनपुग्छ । पानीजहाज र रेलको ढुवानी, अनि हाम्रो भौगोलिक विविधता र ट्रकको ढुवानी । पहिले पहिले सडक नहुँदा जोमसोमको स्याउ पनि जहाजले नै बोक्ने गर्दथ्यो । सुन्तलाको पनि स्थिती त्यस्तै छ।

शहरमा हाम्रो उत्पादन तीव्र भएकै बेलामा विदेशी सुन्तला त्यो भन्दा कम्ती मूल्यमा प्रतिस्पर्धी बन्दै आपुगेको हुन्छ । कृषकलाई बोटबाट समयमै रित्याउनुपर्ने बाध्यता त छँदैछ । व्यवसायी र उपभोक्तालाई पनि त्यो दबाब परेको हुन्छ । किनकि, शीतभन्डार प्रसस्त छैन । उब्जेको फलफूल सड्न नपाउदै बेच्ने नसके सबै मर्कामा पर्दछन ।

विस्तारै सम्बन्धित निकायको चेत खुलेको देखिन्छ र अगाडि बढ्दै गरेको देखिन्छ। हजारौं शीतभण्डार हुन आवश्यक छर बिध्युत प्रमुख विषय हुन आउँछ । कृषि क्षेत्रमा सप्लाई चेनको अभ्यास गलत छ । कोल्डस्टोरज हुँदा फलफूल तरकारी मात्र होइन, मासुजन्य उत्पादनहरू पनि निर्यात हुन सक्ने सम्भावनालाई हामीले स्वीकार्न सकेका छैनौं ।

ब्राजिल संसारको सबै भन्द ठूलो कुखुराको मासु निर्यातकर्ता मुलुकहो। सन् २०१९ मा मात्र ३७ लाख टन मासु निर्यात गर्‍यो । हामी भारत र चीन, संसारकै ३०% भन्दा बढी जनसन्ख्या ओगटेको मुलुकको बिचमा रहेर आफुलाई तरुल देख्दैछौं

शक्ति र सुन्दरता दुवै हुँदैमा अब्बल भइँदैन ती गुणहरू माथि नियन्त्रण हुनुपर्दछ भन्ने भनाइ यहाँ चरितार्थ हुन्छ ।स्वीकार्नोस या नस्वीकार्नोस् । हामी शक्ति र सुन्दरता दुवै सस्तो वा सित्तैमा बेचिरहेका छौं । खेर फालिरहेका छौं । अमेरिका र युरोपमा खाद्य पदार्थहरू दूधबाट बनेका हुन्छन ।

प्रमाणीत गर्ने संस्थाहरू र अनुगमन कडा हुन्छ र त्यसको परिणाम जनस्वास्थ्यमा पनि देखिन्छ ।साउदी अरबको अलमराई कम्पनी मरुभूमिमा दूध उत्पादन गर्छ । जसकाे सन् २०१८ को आम्दानी १३.७ अर्ब रियाल (चार खर्ब रुपैयाँ) छ।

नेपाली लगायत हजारौं विदेशीहरूलाई रोजगारी दिँदै आएको गोठ कार्यालय बन्यो । कर्पोरेट बन्यो, पेट्रोलियम पदार्थलाई दूधमा परिणत गर्‍यो । हाम्रोमा उल्टो भएको छ । कार्यालय नै गोठ बनेको छ ।नपत्याए सरकारी सहकारी भवनहरू हेरेर मनन गर्न सक्नुहुन्छ ।

त्यही मुलुकमा हाम्रा नेपालीहरू न्यूनतम एक लाखदेखि २ लाख रुपैयाँसम्म तिरेर रोजगारको लागि जान्छन् । पहिलो दुई वर्ष आफ्नो लगानी उठाउन लाग्छ । र, बाँकी वर्षको कमाई शिक्षा, स्वास्थ्य, गास, बास, कपासको व्यवस्थापनमा खर्च हुन्छ ।

त्यस्तै, बेरोजगारहरूको रकम मुलुकमै गुरुयोजन  बनाई कर्पोरेट स्थापना गर्नेतर्फ अभिभावकहरूको (सरकार) वर्तमान र भावी योजना नै देखिँदैन।  विश्वब्यापी प्राकृतिक नियम छ, त्यो हो कमजोरलाई हेप्ने ।

भाडा बढ्दा वस्तु तथा सेवाका मूल्य बढ्दछन् । मूल्य बढ्नु भनेको नै महँगी बढ्नु हो र महँगीले नै गरिबी ल्याउँछ । चाहे भारत, चाहे खाडी, चाहे युरोप, चाहे अमेरिका, चाहे अस्ट्रेलिया, चाहे जापान, जहा गएर पैसा कमाऊनोस् । महँगीको ओखती भेटिनेवाला छैन । स्वाभिमान र आर्थिक स्वतन्त्रता ऊर्जा आत्मनिर्भरतामा मात्र छ ।

हामी प्राकृतिक स्राेतमा धनी छौं तर त्यसलाई परिचालन गर्ने इच्छाशक्तिलाई जीवन्तता दिने साधन छैन । पानी छ, बिजुली छैन, खानी छ, कोइला छैन, वन छ, काठ सस्तो छैन। आयातित सामानको लत लागिसकेको छ । अस्पातल छ, स्वास्थ्य छैन । विद्यालय छ, शिक्षा र नैतिकता दुवै छैन ।

यो कमजोरी नेपाल युगयुगसम्म गरिब रहिरहोस् भन्ने दुष्टहरूलाई राम्रोसँग थाहा छ र हामी दिनानुदिन गरिबीको दलदलमा फस्दै गइरहेका छौं । गुणस्तरीय शिक्षा, गरिबी र अभाव मुलुकको शत्रु हो। यी तीन ऋणात्मक तत्त्वले राष्ट्र र नागरिक कसैको टाउको उठ्न दिएको छैन । सकारात्मक सोचको विकास हुन दिएको छैन ।

व्यापक सवाल  छ, विद्युत् उत्पादन धेरै हुँदैछ, खेर जाने भो भन्ने । म भन्छु, गरिबी हटाउ; बिद्युत खेर जाँदैन । २०४६ सालसम्म लोडसेडिङ के हो थाहा थिएन । नेपालमा गार्मेन्ट व्यवसायले राम्रो गति लिएको थियो । लाखौंलाई रोजगारी दिँदै राष्ट्रको मेरुदण्ड बनेको थियो । त्यस्तै, गलैंचा उद्याेग पनि फस्टाएको थियो । अब विद्युत् मात्र होइन, गुणस्तरीय विद्युत् आवश्यक छ । २२० भोल्ट प्राप्त गर्न स्ट्याबिलाईजर प्रयोग गर्नुपर्ने बाध्यता छ।

बंगलादेशका गार्मेन्टले विदेशिएको हाम्रो कूल जनसंख्याको दोब्बरलाई रोजगार दिएको छ । जनताको शक्तिको अवमूल्यन गरिएको छ। नेपालीहरू विदेशमा रहँदा कमाइ गरी पठाएको रेमिट्यान्सको वित्तीय सेवा प्रवाह गर्ने संस्था प्रभु मनी ट्रान्स्फर र आईएमई राष्ट्रकै बलियो वित्तीय सस्था र कर्पोरेट बनिसकेका छन् ।

बैंक खाता खोल्दा राखिने न्युनतम ब्यालेन्सले मात्रै करौडौ रुपैयाँ मौज्दात हुने गर्दछ । त्यही जनताको आर्थिक स्थिती बढ्दा, क्रयशक्ति बढ्दा नेपालको अर्थतन्त्र बढ्ने हो । कोभिड-१९ ले सबैको दिमागमा थुप्रै सवालहरू पैदा गरिदिएको छ । पर्यटन क्षेत्र करिब करिब शून्य नै छ । जनता धनी भएको खण्डमा आन्तरिक पर्यटनले पनि केही योगदान गर्दथ्यो ।

हाम्रो मुलुकमा कृषि उपज व्यावसायिकस्तरमा नहुँदा खाद्यपदार्थ लगायत दैनिक उपभोग्य वस्तुहरू आयातमा नै निर्भर छ । उध्योगको सीमित बजार छ । निर्यातस्तरमा औंलामा गन्न सकिने उध्योगका उत्पादन मात्र छन् । कृषि उपज प्रमाणीकरण (सर्टिफिकेशन) गराउदै व्यावसायिकस्तरमा लैजानु छ ।

नेपालको ब्रान्ड बनाएर बेच्ने दिन अवस्य आउँछन् तर केही वर्षका लागि बहुर्राष्ट्रिय निगमहरूलाई नेपाल भित्र्याएर उध्योगहरु अब असेम्ब्लिङ प्लान्टमा रूपान्तरित हुनुपर्छ । मुलुक उर्जा उत्पादक, जनता उपभोक्ता विद्युत् भारतले किन्दैन, बङ्गलादेशलाई सिधै बेचेर धनी पनि बन्न दिँदैन ।

गर्ने के ? महङ्गी नियन्त्रण गरी जनतालाई धनी बनाउने । कच्चा पदार्थ नहुने देशको उत्पादन प्रतिस्पर्धा गर्दै निर्यात गर्न गाह्रे छ । एकल उध्योग असम्भव जस्तै छ । चीन र बङ्गलादेश जस्तै एसेम्ब्लिङ्ग प्लान्ट नै उत्तम उपाय हो ।

कृषि क्षेत्रमा डिजल र पेट्रोलबाट चल्ने मेशिन प्रयोग गर्नुपर्ने आवश्यकता र बाध्यता दुवै छ । त्यो घाटा पूर्तिको विकल्प विदयुतीय उत्पादन नै हो । कुनै पनि देश गरिब बनाउन लुट्नु र लुटाउनु पर्दैन । त्यो देशलाई ऊर्जामा गरिब बनाए पुग्छ ।

ऊर्जा छैन = उद्याेग छैन । उद्याेग छैन = रोजगार छैन । रोजगार छैन = आम्दानी छैन । आम्दानी छैन = गरिब ऊर्जा भन्नाले डिजल, मट्टितेल, पेट्रोल, ग्यास, बिजुली, कोइला, दाउरा, शक्तिका स्राेत हुन् । जो हाम्रो दैनिक जीवनमा प्रत्यक्ष सरोकार राख्दछन् । डिजेलको भाउ बढ्दा, बस भाडा, ढुवानी भाडा बढ्छ ।

भाडा बढ्दा वस्तु तथा सेवाका मूल्य बढ्दछन् । मूल्य बढ्नु भनेको नै महँगी बढ्नु हो र महँगीले नै गरिबी ल्याउँछ । चाहे भारत, चाहे खाडी, चाहे युरोप, चाहे अमेरिका, चाहे अस्ट्रेलिया, चाहे जापान, जहा गएर पैसा कमाऊनोस् । महँगीको ओखती भेटिनेवाला छैन । स्वाभिमान र आर्थिक स्वतन्त्रता ऊर्जा आत्मनिर्भरतामा मात्र छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३