विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सांघाई । चीनले १ वर्षमा सौर्य र वायु ऊर्जाको स्रोतबाट १ लाख मेगावाट बढी विद्युत उत्पादन गरेको छ । चीनले सन् २०२१ मा सौर्य र वायु ऊर्जाका आयोजनाबाट १ लाख २ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरी प्रसारण प्रणालीमा थपेको हो ।

सबैभन्दा बढी सौर्य ऊर्जा उत्पादन गरेको छ । यो अवधिमा सौर्य ऊर्जाबाट ५५ हजार मेगावाट विद्युत उत्पादन गरेको अन्त्राीष्ट्रय सञ्चार माध्यमहरूले जनाएका छन् । यो सन् २०२० को तुलनामा १४ प्रतिशत बढी हो ।

१ वर्षमा सौर्य ऊर्जाबाट प्रणालीमा जोडिएको विद्युत अहिलेसम्मकै रेकर्ड भएको समाचारमा जनाइएको छ । यो सँगै चीनको प्रणालीमा सौर्य विद्युतको जडित क्षमता ३ लाख ६ हजार ५ सय ६० मेगावाट पुगेको त्यहाँको राष्ट्रिय ऊर्जा प्रशासन (एनइए) ले जनाएको छ । चीनले सौर्य ऊर्जाबाट उत्पादन गर्ने विद्युत युरोपको जर्मनीको कूलमा माग धान्न पुग्छ ।

यस्तै, वायु ऊर्जाको स्रोतबाट पनि ४७ हजार ६ सय मेगावाट विद्युत उत्पादन गर्न चीन सफल भएको छ । यो उत्पादन अघिल्लो वर्षको तुलनामा भने ३४ प्रतिशत कम हो । चीनले सन् २०२० मा वायु ऊर्जाको स्रोतबाट विद्युत उत्पादनमा नयाँ रेकर्ड कायम गरेको थियो । यो वर्ष १२ महिनामा अहिलेसम्मकै उच्च ७१ हजार ७ सय मेगावाट विद्युत उत्पादन गरेर रेकर्ड कायम गरेको थियो ।

सौर्य र वायु ऊर्जाका स्रोतबाट उत्पादन भएको विद्युत सन् २०२१ मा प्रसारण प्रणालीमा थपिएको कूल जडित क्षमताको ५८ प्रतिशत हो । यो उत्पादन थपिएसँगै सौर्य र वायु ऊर्जाका स्रोतबाट उत्पादन हुने विद्युतको कूल जडित क्षमता पनि ६ लाख ३५ हजार मेगावाट पुगेको समाचारमा जनाइएको छ ।

यो प्रणालीमा उपलब्ध कूल ऊर्जाको २६.७ प्रतिशत हो । चीनले सन् २०३० भित्र सौर्य र वायु ऊर्जाको स्रोतबाट १२ लाख मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

नवीकरणीय ऊर्जा उत्पादन बढाउनु पर्ने चुनौती झेल्दै सौर्य र वायु ऊर्जाका विद्युत आयोजनामा लगानी गरिरहेको चीनले सन् २०२१ मा पनि थर्मल प्लान्ट निर्माणलाई निरन्तरता दिएको छ । यो अवधिमा कोइला र ग्यासबाट चल्ने थर्मल प्लान्टबाट ४६ हजार ३ सय मेगावाट विद्युत प्रणालीमा जोडेको छ ।

यो अघिल्लो वर्षको तुलनतामा भने १८.२ प्रतिशत कम हो । एनइएले कोइला र ग्यासमा आधारित थर्मल प्लान्टको तथ्यांक भने सार्वजनिक गरेको छैन ।चीनले सन् २०२१ देखि २०२५ सम्ममा कोइलाको खपतमा नियन्त्रण गर्दै जाने बाचा गरेको छ । बाचाअनुसार उसले सन् २०२६ देखि कोइलाको खपत क्रमशः घटाउँदै लगेर नवीकरणीय ऊर्जाको खपत बढाउँदै लैजाने योजना छ । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit