काठमाडाैं । मलाई २०७३ सालको तिहार सम्झन मन लाग्यो । जतिखेर कार्तिक १४ गते लक्ष्मीपूजा परेको थियो । ऊर्जा मन्त्रालयमा जनार्दन शर्मा र विद्युत् प्राधिकरणमा कुलमान घिसिङकाे नेतृत्व थियाे । याे वर्ष कुलमानको पहिलो कार्यकालकाे सुरुवात पनि थियाे । लोडसेडिङले देश आक्रान्त भइरहेकै बेला उज्यलो पर्व परेकाे थियाे ।
चाहे जति बिजुली छैन । लोडसेडिङ हटाउनुपरेको छ, फसादै फसाद थियाे । प्राधिकरण, निजी क्षेत्र र भारतबाट आयात गरेर त्यो साँझ पिक आवर (उच्च माग) मा जम्मा ९६० मेगावाट विद्युत आपूर्ति गरियो । ४८४ मेगावाट पुगेन, त्यसैले त्यति बाराबर लोडसेडिङ हुने नै भयो । त्यसैलाई जोडेर हामीले त्यो लक्ष्मीपूजाको नेपालको उच्चतम माग १४४४ मेगावाट भन्यौं ।
त्यो वास्तविक रेकर्ड गरिएको पिक डिमाण्ड (उच्च माग) थिएन । ‘इस्टिमेटेड (अनुमानित)’ थियाे । इन्जिनियरिङ क्षेत्रमा अनुमान नगरी हुँदैन् तर अनुमान गर्न जानेन भने बडो खतरनाक परिणाम निम्तिन सक्छ । विगतको लोडसेडिङ गलत अनुमानकै कारण त्यति भयावह भएको थियो, जति नहुनु पर्थ्यो ।
आपूर्ति कम अनुमान भयो । माग बढी अनुमान गरियो । त्यसलाई म गलत भन्न पनि सक्दिनँ तर सैद्धान्ति भयो । वास्तविक भएन भन्न सकिन्छ । जसलाई (नन-?) अक्याडेमिक भनिन्छ । त्यस्तो अनुमानबाट लोडसेडिङ तालिका पहिला बनाएर बिजुली बाँड्दा बढी घण्टा लोडसेडिङ हुन पुग्याे । केही मानवीय त्रुटी पनि भए होलान्, आपूर्ति कम भएका बेला वितरणको सैद्धान्तिक दृष्टिकोण्बाट ।
तर मलाई लग्छ, अरू कथा कहानी, मिर्चिमसला र “कन्स्पिरेसी थेओरी” हरु पछि आ-आफ्ना इच्छा अनुसार जन्मिएका हुन् । मूलत: ती अमूर्त छन् भन्ने नै लाग्छ । जे होस्, त्यो दिन लक्ष्मीपूजाको दिन उत्साह थपियो किनभने काठमाडौंमा लोडसेडिङ भएन । त्यो साँझ काठमाडाैं उपत्यकाको लोड ३१० मेगावाट थियो ।
सबैलाई बिजुली पुग्याे । काठमाडाैंबासी रमाए । यसले मिडिया कभरेज पायो । ‘बिग न्युज’ बन्यो । मन्त्री शर्माको हाइट चुलियो । कुलामान रातारात हिरो बन्न पुगे । त्यही उत्साह र उमङ्गगमा कुलमानको मनोबल बढ्यो । टिम बनए र झन् जोशमा काम गर्दै जाँदा उनी ‘सेलेब्रेटी’ नै बने । किनकि, लोडसेडिङ हटाएको अवस्थामा उनी प्राधिकरणबाट बाहिरिए । उनले मिहिनेत पनि गरे, भाग्यले पनि कतिपय अवस्थामा साथ दिएकै हो ।
सायद भागयले पनि मिहिनेतीलाई नै साथ दिन्छ । आज स्मृतिका ती पात्रहरु शर्मा र कुलमानलाई गर्वका साथ सम्झन चाहन्छु । तिनीहरूले देशलाई गुन लगाएकै हुन् । सारा प्राधिकरणका कर्मचारीहरूले त्यो महान अभियानमा “टिम वर्किङ ” गरेका हुन । तर, विडम्बना भन्नुपर्छ मान्छे गुन त्यति सम्झँदैन, जती बैगुन सम्झन्छ । यसलाई त्यतिमै छोडौं ।
सबैलाई बिजुली पुग्याे । काठमाडाैंबासी रमाए । यसले मिडिया कभरेज पायो । ‘बिग न्युज’ बन्यो । मन्त्री शर्माको हाइट चुलियो । कुलामान रातारात हिरो बन्न पुगे । त्यही उत्साह र उमङ्गगमा कुलमानको मनोबल बढ्यो ।
त्यस्तै, २०७४ सालको लक्ष्मीपूजाको अधिकतम डिमाण्ड (माग) १५०८ मेगावाट पुगेको अनुमान भयो, खासमा भार नियन्त्रण कक्षमा रेकर्ड गरिएको त्यस दिनको आपूर्ती भने ११६५ मेगावाट थियो । अर्थात्, अनुमानित ३४३ मेगावाट बराबर लोडसेडिङ भएछ, त्यो (२०७४/०७/०२) साँझ ६:५५ बजे ।
२०७५ सालको लक्ष्मीपूजा कार्तिक २१ गते परेको थियो । त्यो साँझ नेपालको पिक डिमण्ड (उच्च माग) १०९७ मेगावाट पुग्याे, साँझ ६ बजे । हामीले भार नियन्त्रण कक्षबाट मिडियालाई ११०५ मेगावाट रिपोर्टिङ गरेका थियौं । पछि वास्तविक हिसाब गर्दा केही फरक पर्यो ।
त्यस्तै, पोहोर साल (२०७६ साल) पनि सदा झैँ अर्थात् केही अघिल्ला वर्षहरू झैँ घरमा लक्ष्मी पुज्न पाइएन । हामी जो कुलमान टिम भनिन्थ्यो, अर्थात् सबैजसो डिएमडि (उपकार्यकारी निर्देशक), मुख्य विभागीय प्रमुखहरू एलडिसी (भार प्रेषण केन्द्रमै साँझ बिताइयो । साथमा बोर्ड सदस्यज्युहरू, उत्पादन र प्रसारण ग्रिड कम्पनीका सिइओहरू एवम् केही मिडियाकर्मी मित्रहरूको उपस्थितिले थप हौसला बढाएको थियो ।
पोहोर साल लक्ष्मीपूजा २०७६/०७/१० मा परेको थियो । साँझ ६:३० बजे ११२८.८८ मेगावाट पिक लोड रेकर्ड भयो । भार नियन्त्रण कक्षबाट भने १०८९ मेगावाट रिपोर्टिङ भएको थियो, जो पछि केही थप हुनुपर्ने पाइयो । यो वर्ष गत वर्षहरूभन्दा लक्ष्मीपूजा निकै पछि पर्याे । लक्ष्मीपूजाकाे पिक लोड १२६५ मेगावाट रहेको थियो । तिहारमा उद्योगधन्दा चल्दैनन् ।
तिहारको लोड वार्षिक पिक लोड हुन सक्दैन । लक्ष्मीपूजाका दिन करिब १०५०-११०० मेगावाट पिक लोड पुग्ने प्रक्षेपण गरिएको थियाे । जसमा प्राधिकारणको ५२० मेगावाट, निजी क्षेत्र ४६० मेगावाट र भारतबाट करीब १२० मेगावाट गरी सम्पूर्ण माग आपूर्ति गर्ने लक्ष्य थियाे । त्यति गर्दा प्राधिकरणसँग जगेडामा करिब २०० मेगावाट बिद्युत् थियाे ।
(नोट: आज लक्ष्मीपूजाको साँझ ६:१५ बजे अधिकतम लोड ११३२ मेगावाट थियाे । प्रक्षेपित लोड ११०० मेगावाटभन्दा बढेको लोड पुर्याउन भारतबाट १२० को सट्टा १५० मेगावाट आयात गर्नुपर्याे ।)