विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लामो समयदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव मधुप्रसाद भेटुवाललाई सरकारले सचिवमा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्राविधिक समूहतर्फका सहसचिवमध्ये वरिष्ठताका आधारमा उनलाई बढुवा गरेको हो ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव रामप्रसाद घिमिरेको सेवा अवधि पूरा भई अवकाश भएपछि खाली रहेको इन्जिनियरिङ समूहमा भेटुवालको बढुवा भएको जनाइएको छ । सरकारी सेवामा कानुन, प्रशासन तथा इन्जिनियरिङ समूहको विशिष्ट श्रेणीको बढुवा न्यायिक नरहेको भन्दै इन्जिनियरिङतर्फका कर्मचारीहरूले गुनासो गर्दै आएका छन् । प्रशासन र कानुनतर्फ जुन गतिमा सचिवमा बढुवा हुने गर्छ, इन्जिनियरिङतर्फ सो तहमा पुग्न लामो समय पालो पर्खिनुपर्ने देखिएको छ ।

सचिवमा बढुवा भए पनि पदस्थापनबारे आफूलाई केही जानकारी नभएको भेटुवाल ऊर्जा खबरलाई बताए । आयोगको सचिवालयको सचिव पद रिक्त रहेको हुँदा उनको सोही स्थानमा पदस्थापन हुने सम्भावना देखिन्छ । 

हाल बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका भेटुवालले जलस्रोत तथा ऊर्जा विकासका क्षेत्रमा मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा रहेर झण्डै ३ दशक सेवा पु¥याइसकेका छन् । विद्युत् विकास विभागबाट इन्जिनियर हुँदै उनले सोही संस्थाको उच्च जिम्मेवारी महानिर्देशक (२०७५ पुस १६–२०७६ कात्तिक ३, ९ महिना १७ दिन) को भूमिका समेत कुशलतापूर्वक निर्वाह गरेका थिए ।

मन्त्रालय अन्तर्गत प्रादेशकि तथा वैदेशिक समन्वय महाशाखा, ऊर्जा महाशाखा हुँदै जल तथा ऊर्जा आयोगको सचिवालयको सहसचिवको भूमिका निर्वाह गरिसकेका छन् । विशेषतः नीति निर्माण तहमा बढी काम गर्न रुचाउने शान्त, शालिन र सौम्य स्वभावका भेटुवालले दुई वर्ष पञ्चेश्वर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत पूरा गरेका छन् ।

तत्कालीन जिल्ला विकास समिति अन्तर्गत गुल्मी जिल्लामा (सन् १९९३–१९९५) इन्जिनियरको रूपमा काम सुरु गरेका उनी सन् १९९५ मा जलविद्युत् इन्जिनियरको रूपमा सरकारी (विभाग) सेवा प्रवेश गरेका थिए । सन् २००२ मा बेल्जियमबाट जलस्रोतमा स्नातकोत्तर गरेका भेटुवालले सन् २०१४ मा त्रिभुवन विश्वविद्यालयबाट जन प्रशासनमा समेत स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

सरकारी सेवा प्रवेशको सुरुदेखि नै उनी विभिन्न ऐन, नियम, निर्देशिका, लगायत दर्जनौं कानुन निर्माणमा प्रत्यक्ष जोडिँदै आएका छन् । उनको संयोजन तथा नेतृत्वमा सय मेगावाटसम्म र त्यस भन्दा माथिका विद्युत् आयोजनाको अनुमतिपत्र प्रदान गर्ने कार्यविधि लगायत दस्तावेज तयार भएका छन् । उनी जलस्रोतको अधिकतम उपयोग हुने गरी विद्युत् विकास गर्नुपर्ने सरकारको नीति अनुसार नदी बेसिन अध्ययनमा समेत जोडिएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३