विद्युत अपडेट

  • प्राधिकरण : ८८८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४२०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१५८८ मे.वा.घन्टा
  • आयात : १८५ मे.वा.घन्टा
  • निर्यात : १४७८१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८६० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७८७ मे.वा.
२०८२ साउन १२, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
भोटेकोशी बाढीले बन्द ७५ मेगावाटका जलविद्युत् केन्द्रको उत्पादन सुचारु

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले असार २४ गते भोटेकोसी तथा त्रिशुली नदीमा आएको बाढीबाट उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगी अवरुद्ध भएका ७५ मेगावाट बराबरका जलविद्युत् केन्द्रहरूको उत्पादन सुचारु भएको जानकारी दिएका छन् । प्रतिनिधि सभा (संसद) को सोमबारको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार बाढीबाट २६० मेगावाटका जलविद्युत् केन्द्रको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएकोमा हालसम्म २२ मेगावाटको चिलिमे, २५ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट, ११ मेगावाटको सूर्यकुण्ड र ५ मेगावाटको बुद्धभूमिलगायत ७५ मेगावाटका उत्पादनगृह सञ्चालनमा आइसकेका छन् । त्यस्तै, १४ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत् केन्द्र २ दिनभित्र सञ्चालनमा आउने छ । बाढीबाट संरचनामा क्षति नपुगे पनि ससुवास्थित त्रिशूली–३ ‘बी’ हब सबस्टेसमा क्षति पुगेका कारण यी जलविद्युत् केन्द्रको बिजुली राष्ट्रिय प्रसारणबाट विच्छेद भएको थियो ।

रसुवाको बेत्रावतीमा सञ्चालित ६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन अबको २ साता (१५ दिन) भित्र सूचारु गर्ने गरी सफाइ तथा मर्मत कार्य चलिरहेको उनको भनाइ छ । ‘बाढीबाट सबैभन्दा बढी क्षति व्यहोरेको १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्रलाई भने पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएको छ,’ उनले भने ।

संसदमा जानकारी दिँदै मन्त्री खड्काले असार २४ गते बिहान करिब ३ बजे भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासी प्रवेश गरेको ठूलो बाढी वर्षाविना नै आएको बताए ।

उनले भने, ‘बाढीको मूख्य कारण वर्षा नभई माथिल्लो जलाधार क्षेत्रमा रहेको हिमताल विस्फोट रहेको प्रारम्भिक अनुमान रहेको छ । रसुवा जिल्ला स्थित विभिन्न स्वचालित जलमापन केन्द्रहरूले दिएको तथ्याङ्क अनुसार नदीको बहाब तथा जलसतह एक्कासी उल्लेख्य रुपमा बढेर टिमुरे नजिक जलसतह ३.५ मिटरले बढेको थियो । त्यसको १० मिनेटभित्र स्याफ्रुबेसी क्षेत्रमा जलसतह ५.३७ मिटर बढेको थियो । त्यस्तै, बेत्रावतीमा रहेको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा ५.५० बजे जलसतह ४.१८ मिटर पुग्दा बहाब १६०० प्रतिघनमिटर मापन गरिएको थियो ।’

उनका अनुसार बाढीको प्रारम्भिक सूचना प्राप्त हुनासान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहान ६ः३० बजे नै सतकर्ता सन्देश जारी गरिएको थियो । जलवायु परिवर्तनको असरका रुपमा यस खालका हिमताल विस्फोटनजन्य विपत् आगामी दिनका लागि अझ चुनौतीपूर्ण बन्ने देखिएको उनको भनाइ छ । हिमतालहरूको जोखिम मूल्याङ्कन तथा अनुगमनलाई संस्थागत बनाउँदै जानुपर्ने आवश्यकता पनि रहेको उनले बताए । 

उनका अनुसार बाढीको गम्भीर तथा प्रत्यक्ष प्रभाव रसुवाको भोटेकोशी तथा त्रिशूली नदी आसपास देखिएको छ भने नुवाकोटमा मध्यम प्रभाव तथा धादिङको बूढीगण्डकी आसपास सामान्य असर देखिएको छ । बाढीमा परी १९ जना हालसम्म सम्पर्कविहीन छन् । ८६२ जनालाई सकुशल उद्दार गरिएको छ । ज्यान गुमाउने ११ जना मध्ये ५ जना नेपाली र ६ जना चिनियाँ नागरिक छन् ।

हाल उक्त नदीमा बाढीको बहाब केही घट्दो भए पनि जोखिम यथावत् रहेको उनको भनाइ छ । ‘मन्त्रालय र जल तथा मौसम विज्ञान विभागले माथिल्लो जलाधार क्षेत्रको निरन्तर अवलोकन र निरीक्षण गरिरकेका छन्,’ उनले भने, ‘सावधानीका सबै उपाय अपनाएर घटनाको विस्तृत अध्ययन तथा मूल्याङ्कनको प्रक्रिया अघि बढाइएको छ ।’

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३