विद्युत अपडेट

  • प्राधिकरण : ७७१९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ९१६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२२३१ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १४९५४ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९११४ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५३६ मे.वा.
२०८३ मङ्सिर ९, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको ऊर्जा क्षेत्रमा कर्जा लगानी १८.१८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २० वाणिज्य बैंकले असोजसम्म ऊर्जा क्षेत्रमा प्रवाह गरेको कुल कर्जा ५ खर्ब २५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको यस्तो कर्जा ४ खर्ब ४५ अर्ब १ करोड रुपैयाँ थियो । यसअनुसार एक वर्षमा ऊर्जा क्षेत्रमा बैंकहरूको कर्जा लगानी ८० अर्ब ९१ करोड रुपैयाँले बढेको छ ।

ऊर्जा क्षेत्रमा प्रवाह हुने अधिकांश कर्जा जलविद्युत् आयोजना निर्माण तथा विकासमा केन्द्रित हुने गरेको छ । नेपालमा जलविद्युत् आयोजना निर्माण गर्दा सामान्यतया ७०:३० को ऋण तथा पुँजी अनुपात अपनाइन्छ । आयोजनाको कुल लागतको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जाका रूपमा जुटाइन्छ । ठूलो पुँजी आवश्यक पर्ने भएकाले बैंकहरूले प्रायः सहवित्तीयकरणमार्फत संयुक्त रूपमा लगानी गर्ने गरेका छन् । समग्र तथ्यांकले जलविद्युत् तथा ऊर्जा पूर्वाधार विकासमा बैंकहरूको वित्तीय सहभागिता विस्तार भइरहेको देखाउँछ ।

वाणिज्य बैंकहरूमध्ये नबिल बैंक ऊर्जा क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गर्ने बैंक बनेको छ । समीक्षा अवधिमा बैंकको ऊर्जा क्षेत्रको कर्जा ५७ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको यस्तो कर्जा ३७.६३ प्रतिशतले बढेको हो ।

त्यस्तै, कुमारी बैंक ५५ अर्ब १२ करोड रुपैयाँ कर्जासहित दोस्रो स्थानमा छ । बैंकको ऊर्जा क्षेत्रमा प्रवाहित कर्जा एक वर्षमा ३५.०६ प्रतिशत अर्थात् १४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ३६ अर्ब १३ करोड रुपैयाँ कर्जासहित तेस्रो स्थानमा रहेको छ । बैंकको ऊर्जा क्षेत्रको कर्जा एक वर्षमा ११.५७ प्रतिशतले बढेको छ।

यसैगरी, लक्ष्मी सनराइज बैंक ३५ अर्ब ६० करोड रुपैयाँ र ग्लोबल आईएमई बैंक ३३ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानीसहित क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।

ऊर्जा क्षेत्रमा कर्जा विस्तारको वृद्धिदरका आधारमा एनआईसी एसिया बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकको ऊर्जा क्षेत्रको कर्जा एक वर्षमा ६४.९२ प्रतिशतले बढेर ३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ अर्ब १५ करोड रुपैयाँ थियो ।

त्यस्तै, एभरेस्ट बैंकको ऊर्जा क्षेत्रको कर्जा ५४.८५ प्रतिशतले बढेर ३१ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो कर्जा २० अर्ब ३८ करोड रुपैयाँ थियो । वृद्धिदरका आधारमा एभरेस्ट बैंक दोस्रो स्थानमा रहेको छ ।

समग्रमा कर्जा लगानी बढे पनि समीक्षा अवधिमा तीन वाणिज्य बैंकको ऊर्जा क्षेत्रमा प्रवाहित कर्जा घटेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको कर्जा सबैभन्दा धेरै ३६.३९ प्रतिशतले घटेको छ। बैंकको ऊर्जा क्षेत्रको कर्जा अघिल्लो वर्षको ८ अर्ब ४१ करोड रुपैयाँबाट घटेर ५ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३