विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण पूरा भएको २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेसन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यही चैत ५ गते उक्त सबस्टेसन उद्घाटन हुने भएको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी तथा निजी क्षेत्रले निर्माण गरेका विभिन्न जलविद्युत आयोजनाको विद्युत जोडिएर अन्य क्षेत्रमा प्रवाह हुने यो महत्त्वपूर्ण सबस्टेसन गत साउनदेखि नै सञ्चालनमा आएको थियो । तामाकोसीको १०० मेगावाट बिजुली यही सबस्टेसनमा जोडिएर काठमाडौंतर्फ प्रवाह भइरहेको छ । बाँकी बिजुली त्यहाँबाट ढल्केबर सबस्टेसनमा जोडिई पूर्व–पश्चिम वितरण भइरहेको छ ।

अप्पर तामाकाेसी हाइड्राे पावर लिमिटेडका अनुसार फागुन मसान्तसम्म माथिल्लाे तामाकाेसीबाट गत फागुनसम्म ९६ करोड ९० लाख युनिट विद्युत उत्पादन भएकाे छ । यसबाट कम्पनीले करिब ४ अर्ब रुपैयाँ आम्दानी गरिसकेकाे देखिन्छ ।

निर्माण पूरा भई सञ्चालनमा आएका मध्ये खिम्ती दोस्रो ठूलो सबस्टेसन हो । यसअघि ढल्केबरमा निर्माण भएको देशकै पहिलो ठूलो ४००/२२०/१३२ केभी ढल्केबर सबस्टेसन गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको थियो ।

नयाँ खिम्ती सबस्टेसनमा निजी क्षेत्रद्वारा निर्मित ५२.४ मेगावाटको लिखु–४ र २४.२ मेगावाटको लिखु ‘ए’को बिजुली पनि जोडिने छ । यी दुवै आयोजनाको निर्माण पूरा भई परीक्षण सकिए पनि व्यापारिक उत्पादन भने सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit