विद्युत अपडेट

  • प्राधिकरण : ८५६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८१२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३३२४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १८९०१ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६००१४ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २८१० मे.वा.
२०८३ मङ्सिर ७, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ मा निर्माण भएको लिपिङ खोला जलविद्युत् आयोजनाले मङ्सिर ६ गतेदेखि विद्युत् उत्पादन तथा प्रसारण प्रणाली सञ्चालन गर्ने गरेको छ । हिम रिभर पावर लिमिटेडद्वारा प्रवर्द्धित १६.२६ मेगावाट क्षमताको उक्त आयोजनाले विद्युत् उत्पादन सुरु गरेको हाे ।

आयोजनाबाट उत्पादित विद्युत् वितरणका लागि निर्माण गरिएको प्रसारण लाइनअन्तर्गत भोटेकोसी गाउँपालिका–२ स्थित पावर हाउस स्विचयार्डदेखि वडा नम्बर ४ मा रहेको सुक्खानी सबस्टेसनसम्मको प्रसारण लाइन चार्ज गरी परीक्षण गरिएको कम्पनीले जनाएको छ ।

प्रसारण लाइन चार्ज गरी परीक्षणका क्रममा उक्त लाइन तथा त्यससँग सम्बन्धित संरचनामा उच्च भोल्टेजको विद्युत् प्रवाह हुने भएकाले दुर्घटनाको जोखिम रहने भन्दै कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

कम्पनीले मङ्सिर १० गते बिहीबारसम्म प्रसारण लाइन आसपासका क्षेत्रमा गाईवस्तु तथा चौपाया चराउन नलैजान, प्रसारण लाइनका टावर तथा संरचनामा नचढ्न, तार तथा अन्य विद्युतीय संरचनालाई नछुन र त्यस्ता संरचनाको नजिक कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ ।

यस अवधिमा बालबालिका तथा घरपालुवा पशुपन्छीलाई समेत प्रसारण लाइन आसपासको क्षेत्रमा जान नदिन र आवश्यक सतर्कता अपनाउन कम्पनीले स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।

विद्युत् सुरक्षासम्बन्धी सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबैको सहयोग, सचेतना र जिम्मेवार व्यवहार आवश्यक रहेको उल्लेख गर्दै कम्पनीले प्रसारण लाइन आसपासका बासिन्दा तथा सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३