काठमाडौँ । एनएमबि बैंक लिमिटेडले डिजिटल भुक्तानी तथा ग्राहकमुखी बैंकिङ सेवामा उत्कृष्ट योगदान पुर्याएको भन्दै भिसा लिडरसिप कन्क्लेभमा दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । बैंकले ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड प्राप्त गरेको हो । डिजिटल भुक्तानी र ग्राहकलाई केन्द्रमा राखेर विकास गरिएका बैंकिङ सेवामा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई यी अवार्ड प्रदान गरिएको हो ।
बैंकका अनुसार ग्राहकको दैनिक वित्तीय कारोबारलाई सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले डिजिटल सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै लगिएको छ । भरपर्दो डेबिट कार्ड सेवा तथा आधुनिक डिजिटल बैंकिङ सुविधामार्फत ग्राहकलाई स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित रूपमा वित्तीय कारोबार गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ ।
प्रविधिको अधिकतम उपयोग गरी ग्राहक अनुभवलाई उत्कृष्ट बनाउने विषयलाई बैंकले मुख्य प्राथमिकतामा राख्दै आएको जनाएको छ । प्राप्त अवार्डले डिजिटल बैंकिङ क्षेत्रमा बैंकले अघि बढाएका नवीनतम पहल र निरन्तर प्रयासलाई थप पुष्टि गरेको बैंकको भनाइ छ ।
ग्राहकको विश्वास र साथका कारण प्राप्त यो सफलताले आगामी दिनमा अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न थप प्रोत्साहन मिलेको बैंकले जनाएको छ ।
एनएमबि बैंकले हाल देशभर १९६ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।