विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४९०.२ मेगावाटको अरुण–४ अर्धजलाशय जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अरुण नदीमा पहिचान भएको आयोजनाको अध्ययन अनुमतिपत्र दिएपछि प्राधिकरणले यो आयोजना निर्माण गर्ने भएको हो । 
प्राधिकरणले सोमबार आयोजनाको अध्ययन अनुमतिपत्र पाएको छ । मन्त्रालयले संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा संरचना रहने आयोजनाको  अध्ययन अनुमतिपत्र प्राधिकरणलाई दिने निर्णय आइतबार गरेको थियो । 

विद्युत विकास विभागले यो आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन सम्पन्न गरिसकेको छ । प्राधिकरणले आयोजनाको अध्ययन अनुमति लिन विभागमा गत २९ भदौमा आवेदन दिएको थियो । अरुण–४ आयोजना प्राधिकरणले निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको विद्युतगृहभन्दा तल्लो तल्लो तटिय क्षेत्रमा पर्दछ । 

प्राधिकरणले यो आयोजनाको अध्ययन अनुमतिपत्र लिएसँगै अरुण नदी बेसिनमा १५ सय ५१ मेगावाटका २ आयोजनाको निर्माण एकसाथ अघि बढाउने भएको छ । अरुण नदीमा प्राधिकरणले १०६१ मेगावाटको माथिल्लो अरुण आयोजना पनि निर्माण गर्दैछ ।

माथिल्लो अरुण र अरुण–४ आयोजनाको निर्माण एकसाथ अघि बढाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार अरुण–४ आयोजना पनि ‘जनताको जलविद्युत कायक्रम’अन्तर्गत निर्माण गरिनेछ । 

‘प्राधिकरणले जलविद्युत आयोजना बनाउन छोड्यो भनेर आलोचना हुने गरेको थियो,’ उनले भने, ‘सरकारले अहिले अरुण–४ आयोजना निर्माण गर्न प्राधिकरणलाई अनुमतिपत्र दियो । यो ज्यादै खुशीको कुरा हो ।’ उनले दुवै आयोजना निर्माणलाई प्राथमिकतामा राखी निर्माण तथा लगानीको मोडालिटी अबको डेढ वर्षभित्रमा टुङ्ग्याउने बताए ।

विभागले सुरुवातमा अरुण–४ लाई नदीको बहावमा आधारित आयोजनाकोरूपमा पहिचान गरेको थियो । तर, माथिल्लो अरुण अर्धजलाशय मोडलमा डिजाइन गरिएकाले यसबाट प्राप्त हुने पानीको बहावको  सदुपयोग हुने गरी यो आयोजनालाई पनि अर्धजलाशय बनाउन लागिएको घिसिङले बताए ।

आयोजनाको बाँधस्थल संखुवासभाको भोटखोला गाउँपालिकाको ४ र ५ नम्बर वडास्थित अरुण नदी र लेक्सेवा दोभानभन्दा करिब १ सय ३० मिटर तल तथा कपासे र गोलाबस्तीको उत्तरमा निर्माण गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । 

बाँध निर्माण गरी अरुण नदीको पानी फर्काएर २.५५ किलोमिटर लामो सुरुङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर)मा लगिनेछ । डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर मुख्य सुरुङमार्फत मकालु गाउँपालिका–३ स्थित सजुवाबेसीमा भूमिगत विद्युतगृह खसाली विद्युत उत्पादन गरिनेछ । 

विद्युतगृहबाट विद्युत उत्पादन गरी ४७३.४ मिटर टेलरेस सुरुङमार्फत पानीलाई पुनः अरुण नदीमा खसालिने छ । आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । 

सदरमुकाम खाँदबारीदेखि आयोजनाको विद्युतगृह र बाँध क्षेत्र क्रमश: करिब ६२ र ७७ किलोमिटर टाढा पर्दछ । खाँदबारीदेखि आयोजना स्थलसम्मको पहुँच सडकको अहिले स्तरोन्नति भइरहेको छ । 

बाँध क्षेत्रलाई कोसी राजमार्गले छोएको छ । विद्युतगृहसम्म पुग्ने करिब २ किलोमटर ग्रामिण सडक गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ । 

विभागले गरेको अध्ययनअनुसार, आयोजनाको अनुमानित लागत ५५ करोड अमेरिकी डलर (करिब ६५ अर्ब रुपैयाँ)  छ । आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक २ अर्ब ९ करोड युनिट ऊर्जा उत्पादन हुनेछ ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३