विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कर्णाली प्रदेशको डोल्पा जिल्लामा पहिचान भएको १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशय जलविद्युत् आयोजनाले उत्पादन अनुमतिपत्र पाएको छ । प्रवद्र्धक जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले विद्युत् विकास विभागबाट उत्पादन अनुमति पाएको हो ।

गत पुस २३ गते बसेको ऊर्जा सचिवस्तरीय बैठकको निर्णयअनुसार २११७ पुस २४ गतेसम्म बहाल रहने गरी उत्पादन अनुमति पाएको आयोजना प्रबन्धक प्रमुख सुरेश ओलीले बताए । उनका अनुसार विभागले २३ गते उत्पादन अनुमतिपत्र जारी गरेको हो ।

‘उत्पादन अनुमतिपत्र पाएसँगै निर्माणको बाटो खुलेको छ । लाइसेन्स नभई संरचनागत निर्माण सुरु गर्न सकिँदैन,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले पूर्व तयारीको काम भइरहेकोले ठेक्का निकालेर अर्को वर्षबाट निर्माणमा जान्छौ ।’

‘३५ वर्षको अनुमति पाएका छौ, अनुमति पाएको दिनदेखि निर्माण पूरा गर्न करिब ५/६ वर्ष लाग्छ, त्यसपछि विद्युत् उत्पादन गरेर आम्दानी गर्छौ’ उनले भने ।

विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको आयोजनाको ठेक्का आह्वानका लागि गृहकार्य भइरहेको छ । यसका लागि बिडिङ डकुमेन्ट समेत तयार पारिसकेको छ । आयोजना इन्जिनियरीङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन (इपीसी) मोडेलमा ठेक्का निकाल्न लागिएको छ । यस्तो मोडेलमा ठेक्का निकाल्दा निर्माण कम्पनी बढी जिम्मेवार हुन्छ भने लागत समेत बढाउँन पाइँदैन ।

अनुमानित लागत २३ अर्ब

आयोजना सम्पन्न गर्न ब्याजसहित २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको वित्तीय व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको छ । आगामी फागुन पहिलो साताभित्र वित्तीय व्यवस्थापन सम्झौता गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाईमा नबिल बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल), लक्ष्मी सनराइज र एभरेष्ट बैंकले ऋण लगानी गर्ने तय भएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

आयोजनामा निफ्राले ४ अर्ब ५८ करोड, नबिल बैंकले ४ अर्ब ५८ करोड, एचआइडिसिएलले ४ अर्ब, लक्ष्मी सनराइजले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने तय भएको छ । यसका लागि लगानीकर्ता र प्रवद्र्धक कम्पनीबीच ऋण सम्झौता गर्नुपूर्व गरिने ‘इन्डिकेटिभ टर्म सिट’मा हस्ताक्षर भइसकेको छ ।

आयोजनाको विवरण

अहिले आयोजनाको संरचना निर्माण गर्नु अघिको काम भइरहेको छ । आयोजना स्थलसम्म पुग्ने पहुँच सडक बनिरहेको छ, आगामी वर्षदेखि संरचनाको निर्माण सुरु गर्ने कम्पनीको लक्ष्य छ ।

यो आयोजनाको मुख्य संरचनाहरू नदीको बाँया किनारामा पर्दछन् । आयोजनाको ६१३९ मिटर लामो हेडरेस सुरुङ, १४०६ मिटर लामो पे्रसर स्टाफमार्फत पानीलाई भूमिगत विद्युत्‌गृहमा पुर्‍याइने छ । विद्युत्‌गृहमा ३ वटा टर्वाइन जडान हुनेछ । उत्पादित विद्युत् ५० किलोमिटर टाढा रहेको प्राधिकरणको बाफिकोट सबस्टेसनमा जोडिने छ ।

आयोजनाको काम २०८६ भित्र पूरा गर्ने लक्ष्य रहेको पनि कम्पनीले जानकारी दिएको छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदयाममा १९२.२४ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।

आयोजनाको बिजुली किन्न नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) भइसकेको छ । सम्झौताअनुसार प्राधिकरणले हिउँदको ६ महिनामा प्रतियुनिट ८.४० रुपैयाँ र पिक आवरमा उत्पादित विद्युत् प्रतियुनिट १०.५५ रुपैयाँमा खरिद गर्ने छ । बर्खायाममा प्रतियुनिट ४.८० रुपैयाँका दरले खरिद गर्ने कम्पनीले जनाएको छ ।

यही कम्पनीले १२० मेगावाटको जगदुल्ला–ए जलविद्युत् आयोजनाको अध्ययन अघि बढाएको छ । जगदुल्लाको सेमी क्यासकेडको रूपमा अघि बढेको आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार पार्ने काम भइरहेको सापकोटाले बताए ।

थप विवरण

आयोजनाको अवस्थितीः कर्णाली प्रदेश, डोल्पा जिल्ला, जगदुल्ला र मुड्केचुला गाउँपालिका

बाँधस्थलः जगदुल्ला गाउँपालिका, वडा नम्बर २ ((हुरिकोट)

विद्युत्‌गृहः मुड्केचुला गाउँपालिका, वडा नम्बर ४ (ईल)

आयोजनाको क्षमताः १०६ मेगावाट

डिजाइन डिस्चार्जः १६.१२ क्यू मेक प्रतिसेकेण्ड

ग्रस हेडः ७८९.६ मिटर

सुरुङः ६.१ किलोमिटर

कूल ऊर्जा उत्पादनः ६२३.४७ गिगावाट घण्टा

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit