विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् विकास विभागले आफ्नो नामाकरण भएपछिका २५ वर्षमा ८ हजार ८३७ मेगावाटका विभिन्न ६२ वटा आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययन विभिन्न चरणमा पुर्‍याएको छ । यसमध्ये आर्थिक वर्ष (आव) २०८०/८१ सम्ममा ४३०७.६४ मेगावाटका ४१ जलविद्युत् आयोजनाको अध्ययन पूरा गरिसकेको छ ।

अध्ययन पूरा भएका आयोजनाहरूमा २ हजार ४०८ दशमलव ७४ मेगावाटका जलाशय (स्टोरेज), १ हजार २९४ दशमलव १३ मेगावाटका नदी प्रवाहमा आधारित (आरओआर) र ६०४.७७ मेगावाटका आंशिक जलाशय (पीआरओआर) आयोजना रहेका छन् ।

त्यस्तै, विभागले हाल ४ हजार ५२९.१० मेगावाटका २१ वटा जलविद्युत् आयोजनाको अध्ययन कार्य विभिन्न चरणमा पुर्‍याएको छ । यीमध्ये ३ हजार २९१.३३ मेगावाटका जलाशय, ९६५.२४ मेगावाटका आंशिक जलाशय र २७२.६२ मेगावाटका नदी प्रवाही आरओआर आयोजना छन् ।

विभिन्न चरणमा रहेका यी आयोजनाको अध्ययन विभागले आव २०८२/८३ सम्म पूरा गर्ने लक्ष्य राखेको जनाएको छ ।

२०५० साल साउन १ गते तत्कालीन जलस्रोत मन्त्रालयको विभागीय इकाईको रूपमा विद्युत् विकास केन्द्रको स्थापना भएको थियो । सोही केन्द्रलाई २०५६ साल माघ २४ गतेको मन्त्रिपरिषद् बैठकले ‘विद्युत् विकास विभाग’ नामाकरण गरेको थियो । नामाकरणसँगै विभागले विद्युत् आयोजनाको पहिचान, सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्ने कार्य शुरू गरेको थियो । २०८१ साउन १ गते विभागले आफ्नो ३१ औँ वार्षिकोत्सव मनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३