विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १ सय ९८ प्रसारण लाइन आयोजनाले निर्माण अनुमति पाएका छन् । विद्युत विकास विभागले अहिलेसम्म ४ सय केभीदेखि ११ केभी क्षमताका प्रसारण लाइन आयोजनालाइ निर्माण अनुमतिपत्र दिएको हो ।

निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माणमा जाने आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले सरकार तथा निजी क्षेत्रले प्रसारण लाइन आयोजना निर्माण गर्न अनुमतिपत्र लिएको विभागले जनाएको छ । विभागका अनुसार यी आयोजना निर्माणका विभिन्न चरणमा छन् । 

अनुमतिपत्र जारी भएका प्रसारण लाइनको क्षमता ४ सय केभी, २ सय २० केभी, १ सय ३२ केभी, ६६ केभी, ३३ केभी र ११ केभी छ । ती मध्ये ४०० केभीको ७ प्रसारण लाइन रहेका छन् । ४०० केभी क्षमताका ३९ किलोमिटर लामो ढल्केबर–बिर्तामोड प्रसारण लाइन निर्माण गर्न नेपाल विद्युत प्राधिकरणले २०६८ भदौमा निर्माण अनुमति पाएको विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै, २८५ किलोमिटर लामो हैटौंडा–ढल्केबार, १०० किलोमिटरको तामाकोसी–काठमाडौं, २१७ मिटरको अरुण–३, ५४ किलोमिटरको फुकोट–बेतन, ३७ किलोमिटरको बेतन–दोदोधारा र ३० किलोमिटरको दोदोधारा–कर्मदेभ प्रसारण लाइनले निर्माण अनुमति पाएको विभिागले जनाएको छ ।

यस्तै, २२० केभीको २४, १३२ केभीको ९१, ६६ केभीको ५, ३३ केभीको ७० र ११ केभीको एक प्रसारण लाइन निर्माणका विभिन्न चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit