विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मल्टी इनर्जी हाइड्रो डेभलपमेन्ट प्रालिले रसुवामा निर्माण गरिरहेको २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाको काम ७५ प्रतिशत पुरा भएको छ । कम्पनीले २०७८ जेठदेखि निर्माण सुरु गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, विद्युतगृह, प्रसारण लाइन तथा अन्य क्षेत्रको कामहरू धमाधम भइरहेको आयोजना प्रमुख नारायण सुवेदीले बताए । उनका अनुसार बाँध क्षेत्रको काम ९० प्रतिशत सकिसकेको छ । बाँकी काम पनि तिव्र गतिमा भइरहेकाे छ। 

‘आयोजनाको ३.८ किलोमिटर सुरुङ खन्ने काम पनि अन्तिम चरणमा पुगेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब १ सय किलोमिटर खन्न बाँकी रहेको छ, बाँकी काम पनि साउनको दोस्रो सातासम्ममा पुरा गर्नेछ ।’आयोजनाको विद्युत गृहको काम जम्मा ६० प्रतिशत पुरा भएको छ ।

आयोजनाको सिभिल संरचनाको काम नेपालकै वाइबा कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । पहिले यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेन्ट,कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । तर, कोरोना (कोभिड–१९)  महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि ठेक्का तोडेर फेरि नेपाली कम्पनीलाई नै निर्माणको जिम्मा दिइएको हो ।

आयोजनाको सबै काम पूरा गरेर १ वर्षभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । निर्माण सुरु गर्दाखेरी उत्पादन तालिका २०८० बैशाख थियो, तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा उत्पादन तालिका एक थप भएको छ । उत्पादन तालिका भन्दा अघि नै उत्पादन सुरु गर्ने योजनासहित काम भइरहेको सुवेदीले बताए ।

आयोजनाबाट उत्पादन हुने विद्युत साढे ५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको चिलिमे हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनीले आफैले निर्माण गरिनेछ । लाइनको अध्ययन पूरा गरी इआइ (वातावरणीय प्रभाव मुल्यांकन) को प्रक्रियामा छ ।

आयोजना सम्पन्न गर्न ३ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लागतको २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत बैंकको ऋण लगानी छ । आयोजनामा सनराइज बैंकको अगुवाईमा सनसिटि बैंक र सिद्धार्थ बैंंकले लगानी गरेका छन् ।

आयोजनाबाट वार्षिक १३३.३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र वर्षायामको उत्पादन ९८.६ गिगावाट घन्टा हुनेछ । यो आयोजना लाङटाङ निुकुञ्ज क्षेत्रभित्र पर्दछ ।

थप विवरण

आयोजनाको नाम : लाङटाङ खोला जलविद्युत आयोजना

प्रवर्द्धक : मल्टी इनर्जी हाइड्रो डेभलपमेन्ट प्रालि

आयोजनास्थल : रसुवा

क्षमता : २० मेगावाट

निर्माण सुरु भएको मिति : २०७८ साल 

सुरुङ : ३.८ किलोमिट

विद्युत जोडिने विन्दु : चिलिमे हब सबस्टेसन

अनुमानित लागत : ३ अर्ब ६५ करोड रुपैयाँ

वार्षिक ऊर्जा उत्पादन : १३३.३ गिगावाट घन्टा

ऋण लगानी : २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत बैंकको ऋण

खरिददर : सुख्खायाममा ३४.७गिगावाट घन्टा, वर्षायाममा ९८.६गिगावाट घन्टा

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit