विद्युत अपडेट

  • प्राधिकरण : ८५७८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४१७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४४८४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२९५३ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६७३२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६७ मे.वा.
२०८३ असोज २८, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । वर्षासँगैको बाढीले संरचनामा क्षति पुगेपछि पटक-पटक बन्द भएको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत केन्द्रकाे विद्युत उत्पादन सुचारु भएकाे छ ।  निरन्तरको वर्षाले पानीको बहाव बढेर संरचनामा क्षति पुग्न थालेपछि बन्द गरिएको जलविद्युत केन्द्र मर्मत गरी शुक्रबार साँझदेखि नियमित सञ्चालनमा आएको हो ।

असार २२ गते राति आएको बाढीले आयोजनाको संरचनामा क्षति पुग्दा बन्द भएको जलविद्युतगृहको उत्पादन १० दिनपछि पुनः सुरु भएको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले बताए । उनका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत गरेर उत्पादन सुचारु गरिएको हो ।

बाढीले आयोजनाको मुहान, ३ सय मिटर निकास नहरलगायतका संरचनामा क्षति पुयार्एको थियो । खोलामा पानी र लेदो मिसिएर आइरहेकाले मेसिन चलाउन कठिनाई भएपछि उत्पादन बन्द गरिएको थियो ।

करिब डेढ हप्ता विद्युतगृह बन्द हुँदा विद्युत बिक्रीबाट हुने १ करोड २० लाख रुपैयाँ बढी आम्दानी गुमेको उनले बताए । कम्पनीले विद्युत बिक्रीबाट दैनिक १२ लाख रुपैयाँ आम्दानी गर्दै आएको छ ।

क्षतिग्रस्त संरचना मर्मत गरेर गत आइतबार (२७ गते) देखिनै विद्युतगृह सञ्चालनको प्रयास गरिएको थियो । तर, खोलामा बाढी बढेर फेरि संरचनामा क्षति पुर्याएकाले उत्पादन बन्द गरी मर्मत गरिएको थियो । कम्पनीले निर्माण सम्पन्न गरेको जलविद्युत केन्द्रले २०६९ मंसिर ९ गतेदेखि विद्युत उत्पादन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३