विद्युत अपडेट

  • प्राधिकरण : ८८८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४२०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१५८८ मे.वा.घन्टा
  • आयात : १८५ मे.वा.घन्टा
  • निर्यात : १४७८१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८६० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७८७ मे.वा.
२०८२ साउन १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
रसुवामा बाढीको विपत्

काठमाडौँ । ल्हेन्दे खोला हुँदै भोटेकोसीमा मंगलबार (असार २४ गते) आएको भीषण बाढीपछि हाल १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्रको विद्युत् गृहका मेसिन चुहिएको पानी (सिपेज) ले डुबाउने खतरा बढेको छ । केन्द्रको भूमिगत विद्युत्‌गृहमा यसअघि चुहिने गरेको पानीलाई केन्द्रले नै उत्पादन गर्ने गरेको बिजुलीको प्रयोग गरी स्थायी संयन्त्रमार्फत बाहिर फाल्ने गरिएको थियो । हाल पानी चुहिने क्रम बढेको र विद्युत् उत्पादन बन्द रहेकोले पानी बाहिर निकाल्न समस्या भएको हो ।

विद्युत्‌गृहभित्र पानीको सहत बढ्दै गए मेसिनहरू बिग्रिन सक्ने भएकाले तत्काल पानी बाहिर फाल्न काठमाडौँबाट हेलिकोप्टरमार्फत ३ वटा ठूला क्षमताका पानी तान्ने मेसिन (वाटर पम्प) लैजाने तयारी भइरहेको केन्द्रको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक बाबुराजा महर्जनले ऊर्जा खबरलाई जानकारी दिए ।

‘पावर हाउसमा पानीको सतह बढ्दै गएको छ, यो क्रम जारी रहे मेसिनहरु डुबेर समस्या आउन सक्छ,’ उनले भने, ‘पानी तत्काल बाहिर फाल्न काठमाडौँबाट निजी हेलिकोप्टर प्रयोग गरी ३ वटा वाटर पम्प लैजाने तयारी गरिएको छ ।’

मंगलबार आएको बाढीले आयोजनाको बाँध क्षेत्रकाका संरचना पुरेको भए पनि बाँधका गेटहरु बन्द रहेका मुख्य सुरुङभित्र बाढी पस्न नपाएको उनले बताए ।

‘बाँध क्षेत्रमा के कति क्षति भएको छ भन्ने विषयमा पुरिएको बाँधबाट लेदो माटो, ढुंगा, मुढा र फोहर सफा गरेर अध्ययन गरेपछि मात्र यकिन हुनेछ,’ उनले भने, ‘आयोजना स्थलमा एउटा टोली पुगेर निरीक्षण गर्दा बाँधको माथिल्लो भागमा रहेका केही संरचना, क्रेन तथा केही गाडीहरु बगाएको पाइएको छ ।’

विज्ञसहितको थप टोली अध्ययनका लागि जाने तयारी भइरहेको उनले बताए । मंगलबारको बाढीले आयोजनाको अस्थायी आवासगृह समेत बगाएर तथा लेदोले पुरेर पूर्णरूपमा क्षतिग्रष्त बनाएको छ ।

केन्द्रले ६ महिनाअघि २०८१ पुस १६ गतेबाट मात्र व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३